घोराही, ७ भदौ । भुमि सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ माथी गरेको दुव्र्यबहार प्रति विभिन्न संघसंस्थाहरुले आपत्ती जनाएका छन ।
दाङमा क्रियाशिल नेवाः देय् दवू जिल्ला शाखा दाङ, नेवार सेवा समिति, दाङ र तुलसीपुर नेवार समाजले संयुक्त प्रेस बिज्ञप्ती जारी गरि श्रेष्ठलाई सार्वजनिक कार्यक्रममा अपमानजनक र अमर्यादित शब्द प्रयोग गरि गरेको दुव्र्यबहार प्रति दुःख व्यक्त गर्दै आपत्ती जनाएको हो ।
नेवाः देय् दवू जिल्ला अध्यक्ष नारायणप्रसाद श्रेष्ठ, नेवार सेवा समितिदाङका का.वा. अध्यक्ष रोशनमान श्रेष्ठ र तुलसीपुर नेवार समाजका अध्यक्ष विनोद श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा स्थानिय प्रशासन सहित जिल्लाको सुरक्षा संयन्त्रको व्यवस्थापन कार्यमा खटिएको एक निजामती कर्मचारीलाई तथानाम शब्द प्रयोगका साथै जातियताको कुरा उठाउनु मन्त्री जस्तो सम्मानित व्यक्तिबाट भएको शोभनिय नभएको उल्लेख छ । साथै आगामी दिनमा असल संस्कारयुक्त राजनीति र मर्यादित एवं शोभनीय व्यवहार सम्बन्धित सबैबाट हुनेछ भन्ने अपेक्षा गरिएको छ ।