घोराही, ७ भदौ । गैर सरकारी संघसस्थाहरुले गरिवी निवारणका लागि भुमिका खेल्नुपर्नेमा बक्ताहरुले जोड दिएका छन् । ग्रामीण महिला उत्थान केन्द्रले जिल्लामा सञ्चालन गर्दै आएको नागरिक पारस्परिक जवाफलदेहिता सम्बन्धी कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

feature0कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले नेपालीको जीवजनस्तर उकास्नका लागि सामाजिक संघसस्थाको भुमिका महत्वपुर्ण हुने कुरामा जोड दिए ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले परम्परागत रुपमा रहेका रुढीबादी सस्कारलाई चिरफारमा सहयोग गर्न गैर सरकारी संघसस्थालाई आग्रह गरे ।

यसैबीच कार्यक्रमलाई जिल्लास्तरमा समन्वय गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको संयोजकत्वमा सार्वजनिक निजी समुह गठन गरिएको छ । समुहको सह—संयोजकमा नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तलाई चयन गरिएको छ । समुहमा जिल्लाका विषयगत कार्यालयलाई राखिएको छ ।