काठमाडौं, ७ भदौ। नेकपा माओवादी केन्द्रले बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री राहत कोषका लागि ३४ लाख ९९ हजार २ सय ६० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ ।

eeeeबुधबार बिहान बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बाढी पीडितलाई माओवादी केन्द्रका सांसदको एक महिनाको तलव दिने यसअघिको पार्टी निर्णयअनुसार नै राहत रकम हस्तान्तरण गरिएको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले जानकारी दिए ।