केशरमान बुढाथोकी
नेपाली लोक संगीतमा स्थापित हजारौं यात्री मध्ये एक नव प्रबेसी हुन् अमृता लामिछाने । मध्यपश्चिमको सुर्खेतमा जन्मिएर स्थानिय भाखा गुनगुनाउदै लोक संगीतमा छिरेकी लामिछाने जन्मथलो सुर्खेतमा बाल्यकाल बिताइरहदा आफु पढ्ने बिद्यालयका विभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाएर चर्चामा आएकी थिइन ।

20597242_912229798930591_3656605703206305933_n

बाल्यकाल देखिने सुरिलो स्वरकी धनी लामिछाने आफ्ना गुरुहरु र बाआमाको सपोर्टका कारण जिल्लामा हुने जिल्ला स्थरिय विभिन्न कार्यक्रमहरुमा सहभागी भएर विभिन्न पुरष्कार समेत जितेकी थिइन ।

13882489_1770490803195260_5581033441160168601_n

बाल्यकालदेखिकै सुमधुर स्वर लहरीकी धनि लामिछानेले स्थानिय भाका गुनगुनाउदा उनका बाआमा लाई आफ्नो छोरी पछि गएर चर्चित गायीका भएर चर्चा बटुल्छिन की भन्ने आशा जाग्यो । अनि अमृता झनै आफै गायीका त्यसो नलाग्ने कुरै भएन । पछि परिवारकै सपोर्टमा चर्चित गायीका बन्ने सुनौला सपना मनभरी साँचेर उनि राजधानी छिरिन ।

13346854_1747577852153222_2663154685164403949_n

राजधानी छिरेपछी सुरु सुरुमा उनलाई निकै संघर्ष गर्नुपर्यो । चिनेजानेको कोही नहुने वल्लो घरको मानिसले पल्लो घरको लाई नचिन्ने त्यो दुनिया उनलाई न्याश्रो नलागेको होइन । कहिले काहीं त उनलाई सम्झाना आँउथ्यो रे राजधानी को यो उकुसमुकुस बाताबरण भन्दा त आफ्नै पखेरामा गएर रोधी मारुनी गाउँ । तर देशकै अब्बल गायीका बनेर चर्चा बटुल्ने मिठो सपना जन्मस्थलबाट सम्भब थिएन । त्यसैले कठोर संघर्ष गरेर पनि राजधानीमा स्थापित हुनु थियो अमृतालाई ।

1656339_1425025184408492_671319585_nराजधानी छिरेपछी बैंसले च्याप्यो रे नामक पहिलो एल्बम लिएर नेपाली सांगीतिक दुनियाँमा छिरेकी लामिछानेलाई यसै गीतले लोकदोहोरी गायीका भनेर सुपरिचित बनायो । त्यसपछि यस्तै रहेछ ए हजुर जवानीको ब्याथा , क्याराम्रो पोखरा बजार झन राम्रो बाराही फेवा ताल, यस्तो पोइ त कसैले नपाओस , कालो कोठी मायाँको दाइने गालैमा ,रातो सारीमा लगाएतका झन्डै दर्जन जति गीतमा स्वर दिएकी लामिछाने लाई यी गीतहरुले नै लोकदोहोरी गायीका भनेर चिनाए ।

सुरुमा कठोर संघर्ष गर्नुपरेपनि पछिल्लो समयमा गायन क्षेत्रमा चर्चा बटुलेकी अमृता भन्छिन – “कुनै पनि क्षेत्रमा सफल हुन लगातार मेहनेत गर्नुपर्छ । अनि संगसंगै आफ्नो पहिचान बनाउन आफ्नो त्याग तपस्या लगानी र कडा संघर्ष आबश्यक छ साथै यसमा आफ्नो घर परिवार र अग्रज ब्यत्ती ले साथ दिनुपर्छ ।”