मनोरम दाङ देउखुरी उपत्यका स्पोर्ट टुरिज्मको गन्तव्य बन्न सक्ने पर्यटन सम्बद्धहरु बताँउछन्, अथाह संभावना भएको दाङमा खेल पूर्वाधारमा लगानी बढाउन सके स्पोर्ट टुरिज्मको गन्तव्य पनि बनाउन सकिने उनीहरुको विश्वास छ,मनोरम हावापानी र मौलिक संस्कृतिको राज क्षेत्र भएकाले दाङलाई अन्तराष्ट्रिय स्तरको खेल हब बनाउन सकिन्छ, यद्यपी खेल क्षेत्रको विकासको नाँउमा लामो सयमदेखि करोडौ सरकारी बजेट खर्च भए भएपनि खेल विकासको क्षेत्रमा दाङ पुछारमै रहेका तथ्याँक छ,सरकारी ढीलासुस्तीका कारण स्पोर्ट टुरिज्मको गन्तव्य समेत बन्न सक्ने दाङको पूर्वाधारले गति लिन नसक्दा प्रगति शुन्य जस्तै भएको खेलप्रेमीहरुको प्रतिक्रृया छ,यद्यपी इमान्दार भएर खेलको विकासमा लाग्न सके दाङ स्पोर्ट टुरिज्म हव बन्न सक्ने उनीहरुको जिकिर छ ।
खेल पर्यटनको बहुआयामीक गन्तव्य दाङ
प्रकृति र संस्कृतिले वैभव मानिने दाङ खेल क्षेत्रको विकासको खेलकुद शिक्षा खेलकुद पूर्वाधारको क्षेत्रमा लगानी गर्न सके दाङ खेलकुदका सबै आयामले वैभव छ, प्राकृतिक मनोरम हावापानी विशाल उपत्यका, मौलिक संस्कृतिले वैभव मानिने दाङ स्पोर्ट टुरिज्मको गन्व्य बन्न सक्छ, अथाह संभावना भएको दाङ साहासिकदेखि सांस्कृतिक खेलको बहुआयामिक गन्तव्य हो, मा खेल क्षेत्रको विकास लागि सरकारी ध्यान पुग्न सक्ने हो भने राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलहरुको आयोजना गर्न सकिने खेल अगुवाहरुका धारणा छन, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलका दाङमा आयोजना गर्नु भनेको यहाँको पर्यटनको प्रवद्र्धन गर्नु रहेको पर्यटन व्यवसायीहरु बताँउछन्, खेल पर्यटनले दाङ अत्यन्तै प्रवल संभावना भएपनि जिम्मेवारहरुको बेवास्ताका कारण खेल क्षेत्रले गति लिन नसकेको पर्यटन व्यवसायी निरन्जन राजभण्डारीले बताए, अन्तराष्ट्रिय स्तरका खेलको आयोजना गर्न सक्ने अनुकुल भूगोल भएपनि यसतर्फ कसैको ध्यान नपुगेको पर्यटन व्यवसायी राजभण्डारीको प्रतिक्रृया छ ।
स्थानीय खेलदेखि अन्तराष्ट्रिय स्तरका खेल खेल्न दाङको हावापानी र मौसम सधै उत्तम छ, समुद्री सतहबाट २ सय १३ मीटरदेखि २ हजार ५८ मिटर भूगोलमा फैलिएको दाङ अत्यन्तै अनुकुल हावापानीको क्षेत्र हो, पूर्वपश्चिम ९० किलोमिटर र उत्तर दक्षिण चौडाई ७२ किलोमिटर रहेको दाङमा अन्तराष्ट्रिय स्तरका खेल पूर्वाधार निर्माण गर्न प्रशस्त भूगोल छ, दुई ठूला विशाल उपत्यकाले बनेको मनोरम हावापानी, बहुल संस्कृति, चुरेका विशाल वन क्षेत्र, जैविक विविधताले भरिपूर्ण दाङ खेल पर्यटनका लागि पनि निकै अब्बल छ एड्भेन्चर गेम देखि सांस्कृतिक खेल समेत गर्न सकिन्छ, थारु मौलिकतामा आधारित खेलदेखि विश्वभर अत्यन्तै लोकपृय क्रिकेट खेलका लागि दाङ उर्वर बन्न सक्छ,साहासिक खेलदेखि सांस्कृतिक खेल खेलाउन सकिने संभावना भएकोले यसतर्फ जिम्मेवारहरुको ध्यान जानु आवस्यक भएको जानकारहरु बताँउछन् ।
स्पोर्ट टुरिज्मको अब्बल गन्तव्य बन्न सक्ने दाङमा विगत तीन दशकयता खासै प्रगति भएको देखिदैन, गत आवमा हेर्ने हो भने खेल विकासको नाँउमा सरकारले करिब अढाइ करोड धनराशी खर्च गरेको छ, अचल सम्पत्ती खेलकुदकमा नाममा छन्, भूमाफियाका नाँउमा जमिन हडप्ने समस्या छ भने, राजनीतिक हस्तक्षेपका कारण खेल क्षेत्र थिलो थिलो भएको छ, सांस्कृतिक खेलदेखि साहसिक खेलको गन्तव्य बन्न सक्ने दाङमा खेल पूर्वाधारमा लगानी गरि राष्ट्रिय र अन्तराष्ट्रिय खेलको आयोजना गरि पर्यटन क्षेत्रमा प्रगति गर्न सकिन्छ ।
खेलका धेरै आयामहरु मध्ये दाङमा क्रिकेट, फूटबल, भलिबल संगै साहसिक खेलहरु ट्राथलन, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, माउन्टेन बाइकिङ र म्याराथन जस्ता प्रतियोगिताको आयोजना गरि दाङलाई आकर्षण गर्न सकिन्छ, अपितु खेल शिक्षा र खेल पूर्वाधारको विकास गर्नु पहिलो शर्त हो, नेपाल जस्ता साना र विपन्न देशलाई दुनियाँमा चिनाउन र उनीहरुलाई यस स्थानसम्म ल्याउन खेल क्षेत्रले ठूलो भूमिका निर्वाह गर्न सक्छ, यद्यपी खेल क्षेत्रको विकास भन्दै सरकारी लगानी गरेको दशकौ भैसक्यो तर खेल क्षेत्र तंग्रिन सकेन, पहिलो कुरा खेललाई विकासका अन्य आयामहरुसंग जोड्न नसक्नु, खेललाई व्यवसायीक भन्दा मनोरन्जमा मात्र सीमित गर्ने परिपाटी र दलीय हस्तक्षेपका कारण खेल क्षेत्र उकास्न गाह्रो भएको खेल सम्वद्धहरुको मत छ,अन्तराष्ट्रिय स्तरका खेलहरु मध्ये पछिल्लो चरण क्रिकेटमा बद्दो आकर्षण छ, मनोरम भूगोलले बनेको दाङमा क्रिकेट लगायतका दर्जनौ खेलको प्रर्वद्धन गर्न सकिने संभावना छ, त्यसको लागि सरकारी लगानी पनि हुने गरेका छन् तर भौतिक पूर्वाधार र खेल शिक्षामा जिम्मेवार निकायको ध्यान जान नसक्नाले खेल क्षेत्रमा प्रगति हुन नसकेको क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मज्गैयाले बताए ।
सरकारी लगानी र पहल कस्ता भए ?
विसं २०४२ सालमा जिल्ला खेलकुद विकास समिति दाङमा स्थापना भएपनि हालसम्म समितिले कति प्रगति ग¥यो भन्ने तथ्याँक कतै छैन, खेल क्षेत्रको विकासको हिसाबले अत्यन्तै संभावना भएपनि लामो समयसम्म खेल क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको खेलप्रेमीहरुको गुनासो छ, खेल क्षेत्रमा हुने राजनीतिक हस्तक्षेपले खेल क्षेत्र सुधार हुन नसकेको खेलाडीहरुको गुनासो छ, करिब ३२ वर्ष यता फर्केर हेर्दा हालसम्म दाङमा खेलकुदका गतिला पूर्वाधार छैनन्,बल्लतल्ल दाङमा अन्तराष्ट्रिय स्तरको खेल गन्तव्य बनाउन भन्दै क्रिकेट मैदान बनाउने काम विगतका धेरै वर्षदेखि हुदै आए, दाङको लमहीमा नगरविकासको नेतृत्वमा क्रिकेट मैदान बनाउन थालेको वर्षाै भएपनि अझै पूर्वाधारले पूर्णता पाउन सकेको छैन, खेल मैदान बनाउन भन्दै थालिएको लमही क्रिकेट मैदानमा हालसम्म लमही नगरविकासले अढाइ करोड रुपैया खर्चिसकेको छ, खेलकुद मन्त्रालयबाट समेत गत आर्थिक वर्षमा ४० लाख रुपैया निकासा पठाएपनि बजेट फ्रिज भएको जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्लीबहादुर केसीले बताए, असारको अन्तिममा अख्तियारी आएपछि सोही आर्थिक वर्षमा खर्च गर्न नसकिएपछि बजेट फ्रिज भएको केसीको दावी छ, त्यसै गरि अर्थमन्त्रालयले दाङको खेलकुद विकासका लागि भन्दै गत आवमा जिल्ला समन्वय समितिमार्फत २ करोड ७ लाख पठाएको छ, तर त्यो रकम कसरी खर्च भयो भन्ने बारे कसैलाई जानकारी नभएको सम्वद्धहरुको प्रतिक्रृया छ,तीन दशक लामो दाङको खेल क्षेत्रमा सरकारी लगानी कति भए भन्ने हिसाब किताब कसैसंग भेटिदैन, यद्यपी गत आवमा सरकारी खर्चको तथ्याँक एउटा प्रतिनिधि मात्र भएको खेलाडीहरुले बताए ।
त्यसैगरि घोराही उपमहानगरको गुलरियामा क्रिकेट मैदान बनाउन थालिएको छ, भौतिक पूर्वाधार अपूरो छ, । भौतिक पूर्वाधारको अभावले खेल मैदान खेलमैत्री हुन सकेको छैन । उता क्रिकेट क्लवका सचिव पवन रिजालले खेल क्षेत्रको पूर्वाधारमा विकास गर्न नसकिदा दाङको खेल निकै कमजोर भएको बताए, पूर्वाधारमा लगानी, खेल शिक्षामा लगानी गर्न आवस्यक भएको रिजालको कथन छ, तर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर केसीले खेल क्षेत्रमा दाङले पछिल्लो समय सुधार गरेको दावी गरे, दाङ मध्यपश्चिममा प्रथम भएको बताउदै आठौ राष्ट्रिय खेल दाङमा आयोजना हुने उनले बताए, दाङमा हुने राष्ट्रिय खेलले यहाँे खेललाई प्रवद्र्धन गर्ने उनको दावी छ । राज्यले खेलको विकास गर्न भन्दै विद्यालय तहमा खेल शिक्षक सहितको व्यवस्था गरेपनि सरकारी विद्यालयहरु खेल क्षेत्रको विकासमा खासै प्रगति गर्न सकेका छैनन्, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा दक्ष खेलाडी बनाउने सरकारी लक्ष्य भएपनि परिणाम शुन्य जस्तै छ,गत आवमा मात्र सिधै अर्थमन्त्रालयले विद्यालय तहको खेल विकासको लागि भन्दै दुइ करोड ७ लाख पठाएको तथ्याँक छ, निजी विद्यालयहरुले पनि खेल क्षेत्रको विकास गर्न भन्दै अभिभावकसंग रकम असुल्ने गरेका छन् तर निजी क्षेत्रको पनि हविगत उस्तै भएको फुटबल खेलाडी नरेन्द्र पुनले बताए ।
कृत्रिम जलाशयहरु ट्राथलन खेलको संभावना : खेल आफैमा साहासको प्रतिविम्व गर्ने क्षेत्र हो, मानवीय क्षमता प्रदर्शन गरी रोमान्चकारी अभिनय गर्ने नै खेल हो, त्यस्तै साहसिक खेल ट्राथल खेल घोराहीमा निर्माण भएका कृत्रिम जलाशयमा खेलाउन सकिने प्रवल संभावना छ, घोराही उपमहानगरले निर्माण गरेका जलाशय मध्ये गैरागाँउस्थित जलाशय उपयुक्त हुन सक्छ, यद्यपी संभाव्यताको अध्ययन गरि पूर्वाधारमा सुधार ल्याउन सके खेल गन्तव्य बन्न सक्छ । त्यसैगरि साहासिक खेल प्याराग्लाडिङको सन २०११ मा सवारीकोटमा सफल परिक्षण भएको थियो, परिक्षण भएपनि अझैसम्म व्यवसायीकरुपमा अगाडि बढ्न सकेको छैन, बबई तथा राप्ती जलाधार क्षेत्रमा ¥याफ्टिीङ संचालन, मौलाकोट लगायतका केही संभावित क्षेत्रहरुमा रक क्लाइम्बिङको संभावना छ, संभाव्यता अध्ययन गरि व्यवसायीक बनाउन सके स्पोर्ट टुरिज्मको गन्तव्य बनाउने आधार हुन सक्छ।
( शर्मा नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष हुन )