काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा ४५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज बुधबार भारत प्रस्थान गर्दै छन् ।
चार जना मन्त्री, नौ जना सांसद तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी संलग्न टोलीसहित प्रधानमन्त्री पाँचदिने औपचारिक भ्रमणका लागि भारतको भ्रमणमा जान लागेका हुन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमण गर्न लाग्नुभएका प्रम देउवासँग उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पर्यटन मन्त्री जीतेन्द्र देव र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा जाँदै छन् । भ्रमण दलमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरमलगायत पार्टीबाट नौ जना सांसदहरू सहभागी हुने छन् ।