काठमाडौं, ७ भदौ । साउन अन्तिम साता भएको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले भत्काएका सडक र पुल मात्रै निर्मार्ण गर्न ३ अर्ब ९५ करोड लाग्ने भएको छ ।
देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको र क्षति भएको संरचना पुरानै अवस्थामा पुर्याउन ३ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अध्ययनले देखाएको सडक विभागको भनाइ छ –नयाँ पत्रिकामा खबर छ।