इन्द्रेणी संवाददाता
सल्यान, २९ जेठ
सल्यानको पश्चिमी क्षेत्र ४ दिन देखी संचार बिहीन भएको छ । सिडीएम, जिएसएम र लेण्डलाईन सेवा अबरुद्ध भएको हो । सुर्खेतको काप्रेचौरमा रहेको नमस्तेको टावरमा चट्याङ परेपछी त्यहाका आधा दर्जन गाबिस संचार बिहीन भएका छन ।
उक्त टावरको अन्य टावरमा कनेक्सन जोडीएकाले टेलीफोनका अन्य सेवा हरु समेत बन्द भएका छन ।सल्यानको मुलखोला,शंखपिपल च्युरामा रहेको कृर्षी कार्यलयका कर्मचारीहरुले आफना सेवा सुबिधालाई मध्यनजर गरी शनीबार बिहान १ बजेको समयमा आफनो कार्यक्षेत्र देबस्थलको सल्ली बजारमा सारेका छन ।
सेवा केन्द्रमा हुनुपर्ने कृर्षी सेवा, कार्यलयका कर्मचाारीहरुले आफुखुसी र आफनो सुबिधालाई अन्यत्रै सारे पछि मुलखोला,चादे, स्वीकोट,बामे र घाजरी पिपल गाबिसका स्थानीय बासीहरु आक्रोसीत भएका छन । सो कार्यलयका कर्मचारीहरु १ दिन पनी उपस्थीत नहुने र सधै बाहीर बस्ने भएकाले उत्त सेवा बाट नागरीक हरु बन्चीत हुदै आएका छन ।
महिनामा एक पटक आएर कार्यलय खोल्ले, हाजीर लगाउने र आजभोलीत झर्नै कार्यलय अन्यत्रै सारेको भन्दै स्थानीय प्युपर खत्रीले आक्रोस ब्यक्त गर्नुभएको छ । पश्चिीम क्षेत्रका स्थानीयले कृर्षी, भेटनरी र गाबिस कार्यलयका प्रमुखहरुको चरम लापरबाहीले ठुलो सास्ती खेप्दै आएको छन ।।