२९ जेठ, काठमाडौं ।
साहित्यकार स्नेह सायमीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान ढुंगेअड्डाबाट पक्राउ परेका सायमीलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ ।
ढुंगेअड्डा क्षेत्रमा बाटो विस्तार भइरहेको तस्वीर खिच्दा आफूलाई प्रहरीले पक्राउ गरेको सायमीले वताउनुभयो । ‘बाटो छेउछाउको संरचना भत्काइरहेको तस्वीर खिच्ने क्रममा मलाई प्रहरीले पक्राउ र्गयो,’ सायमीले अनलाइनखबरसँग भने, ‘मोबाइलले तस्वीर खिचिरहेको थिएँ, डीएसपीले यसलाई जाकिदे भनेर पक्राउ गरियो ।’
तर, कालीमाटी वृत्तका डीएसपी हेमकुमार थापाले भने कवि सायमीले बाटो विस्तारमा अवरोध गरेकाले पक्राउ गरिएको हो । थापाले भने ‘उहाँले फोटोमात्रै खिच्नुभएको छैन, लुकेर हाम्रो भिडियो पनि खिच्नुभएको छ, यसलाई हामीले बाटो विस्तारको अवरोधका रुपमा लिएका छौं ।’
सायमीले भने ढुंगेअड्डाको सो स्थान आफू बस्ने क्षेत्रमा नपरेको र आफूले कुनै अवरोध नगरेको दाबी गरे । उनले भने, ‘बाटोमा हिँड्दा हिँड्दै देखें र मोबाइलले खिच्न थालें, काममा अवरोध र्पुयाउने मेरो कुनै उद्देश्य थिएन ।’