इन्द्रेणी संवाददाता
दाङ २९ जेठ
दाङमा नचिनेका मान्छेका समुहले दाङमा रहेका दुई वटा र सल्यान जिल्लामा रहेको एउटा एनसीएलको टावरहरुमा आगजनी गरेको छ । अज्ञात समुहले शनिवार विहान गरेको आगलागीवाट लाखौंको क्षति भएको छ ।Ncell-logo1

दाङको लक्ष्मीपुर गाविस स्थित चौपट्टा र लमही नगर पालिका ४ को श्रीगाउँ स्थित एनसीएलको टावरमा अज्ञात समुहले एकै समयमा आगजनी गरेको दाङका निमित्त प्रहरी प्रमुख प्रकाशराज शर्माले जानकारी दिनुभयो ।

यसैगरी सल्यानको जैतपानी स्थित एनसीएलेको टावरमा पनि अज्ञात समुहले आगजनी गरेको छ ।सल्यानको जैतपानी टावरमा भएको आगजनीवाट सबैभन्दा ठूलो क्षति भएको छ । जैतपानीको टावरमा आगजनी भएपछि जाजरकोट, रुकुम लगाएत ३५ भन्दा वढी टावर प्रभावित भएको वताइएको छ ।।