xi-jinpingकाठमाडौं, २९ जेठ । चीन नेपाल सम्बन्ध सुमधुर भएसंगै  चिनियाँ राष्ट्रपति सि जिनपिङले अगामी असोजमा नेपाल भ्रमण गर्ने लगभग तय भएको छ । साउथ चाइना मोर्निङ पोष्टको रिपोर्ट अनुसार आगामी अक्टोबर महिनामा पानाजीमा हुने ब्रिक्स सम्मेलनपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने छन् ।हङकङको पत्रिकाले नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै सम्मेलन सकिएको दिन अर्थात् अक्टोबर १६ (असोज ३०) गते नेपाल आउने जनाएको छ ।