SAMSUNG CSC

गोविन्द खड्का
घोराही, २९ जेठ
प्रमाणपत्रको भारीले अफ्ठेरो महशुस गरेको बुझ्न सकिन्थ्यो । हातमा तिन वटा सम्मान पत्रले झा“टेको थियो । आमा, विद्यालयका गुरु गुरुआमा एवं साथिहरुको अगाडि अनुहार खुशिले रातो पोतेका थिए ।

SAMSUNG CSC
SAMSUNG CSC

उमेर १३ बर्ष । अध्यनरत कक्षा सात । लालिगुरा“स आवासिय माध्यामिक विद्यालय घोराही ६ का छात्र स्वदेश बुढामगर । नपत्याउदो गुबे वालकले आठौ“ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितामा करा“ते ४२ के जि तर्फ देशभर मै तेश्रो स्थान हासिल गरे ।

राष्टपति विद्यादेवि भण्डारी बाट समुद्घाटित बिशेष कार्यक्रममा पाएको सम्मानले लाली गुरा“स विद्यालयले गौरब मानेको छ । छात्र बुढाले यस अघि नेपालगञ्जमा भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुदमा प्रथम स्थान हासिल गरेका थिए । भने विद्यालयले दुवै सम्मानका लागि सम्मानपत्र, डाइरी र पुस्तकले सम्मान ग¥यो । एकै चोटि धेरै सम्मान वालकका हातमा थमाईयो ।

कार्यक्रममा सहभागि छात्र बुढाकी आमा लयन बुढाले नगद दिएर त्यहि मञ्च बाट पुरस्कार थप्नुभयो । निधारमा अबिर, गलामा मेडल र खादा, हातमा कदर पत्र कलिलो मुनालाई भारी थियो । त्यो खुशिको बरदान भएर होला बोक्दा टिठ लाग्ने नभई हर्षले गडगडाहट तालिले सम्मान गरीयो ।

SAMSUNG CSC
SAMSUNG CSC

ईच्छुक विद्यार्थीलाई कार्यक्रममा उपस्थित गराउने विद्यालयले सुचना गरेको थियो । आफ्नो साथिले राष्ट्रिय खेलमा स्थान ल्याएको रहर थाम्न सकेनन् । सुक्रवारको दिउसो घर नगएर सबै विद्यार्थी जम्मा भए ।

कार्यक्रम शुरु नहुदै गुनमुन गुनमुन गरेरे कोलाहलमय बनाएका थिए । जव कार्यक्रम सञ्चालक शिक्षक मान बहादुर विसीले औपचारीकता दिए तिनिहरु छपक्क लागे ।
रहर सबैले आईदियोस् भन्ने कामना गर्छन् । हरेकलाई एउटै अबसर मिल्दैन ।

कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालयका संस्थापक विव्यस अध्यक्ष उदय जीएमले ‘हरेक क्षेत्रमा अगाडि जाने हो’ भनेर विद्यार्थीलाई हौसला दिनुभयो, ‘वातावरण विद्यालयले दिन्छ’ भनेर थप्नुभयो, यतिवेला विद्यालयलाई अर्को उचाईमा लैजान भन्दै नया“ प्रिन्सीपल र संस्थापक जिएम सहितको टिम डटेको छ ।

SAMSUNG CSC
SAMSUNG CSC

राष्ट्रिय स्तरको खेलाडि तयार गर्नुलाई विद्यालयले उपलब्धीको श्रृखला मानेको छ ।
आफ्ना क्षमतालाई देखाउदै जाने हो । भित्रका प्रतिभालाई प्रष्फुटन गर्न अनुकुलको वातावरण बनाईदिनुपर्छ ।

‘विद्यालयमा गरीने कार्यक्रमहरुमा भाग लिनुहोला’ विद्यालयमा हुने अतिरिक्त कृयाकलाप बारे जानकारी दिदै प्रिन्सीपलले केशरमान विसीले भन्नुभयो, ‘विद्यालयले विद्यार्थीका लागि काम गर्ने हो ।’ कार्यक्रमका अतिथि प्यावसनका उपाध्यक्ष्ँ दिप बहादुर केसिले दाङको सम्मान हामि सबैको गौरब भन्दै बधाई तथा सुभकामना मन्तव्य दिनुभयो ।।