काठमाडौं, ३२ साउन । निर्वाचन आयोगले सबै क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालय र ६६९ स्थानीय तहमा मतदाता नामावली दर्ता र संकलन कार्यक्रम सञ्चालन गर्न तीन दिनको म्याद थप गरिएको छ ।
साउन ३२ गते बुधबारसम्म मात्र मतदाता नामावलीमा नाम दर्ता संकलन गर्ने निर्णय भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या कतिपय जिल्लामा अझैपनि धेरै बाँकी रहेको र नाम दर्ता गराउने मतदाताहरुको नाम दर्ता गर्ने चाहना समेत उच्च देखिएकाले भदौ १ देखि ३ गतेसम्म हुनेछ ।
प्रतिनिधिसभाको निर्वाचनको मिति तोक्न आयोगको आग्रह
निर्वाचन आयोगले आगामी २०७४ मङ्सिरको पहिलो साता सङ्घीय व्यवस्थापिकाअन्तर्गत प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति भदौ १ गते नै तोक्न प्रधानमन्त्री शेरबहादुर देउवासँग पुनः आग्रह गरेको छ ।
प्रधानमन्त्री देउवाले साउन ३२ गते मुख्य तीन दलका शीर्ष नेताहरूसँग छलफल गरी सहमति गर्ने र सहमतिअनुसार अगाडि बढ्ने बताए । आयोगले प्रदेश सभाको निर्वाचन असोज अन्तिममा गर्ने यसअघि नै प्रस्ताव गरेको थियो ।