घोराही, ३० साउन । भदौ एक गतेदेखि बस सेवा सञ्चालन गर्ने तयारी गरेको सहारा यातायात प्रालिले समयमै सेवा दिन नसक्ने जनाएको छ । शुक्रबारदेखि आएको बाढीले तयारी गर्न समस्या पारेको भन्दै सेवा केही दिन ढिला हुने जनाएको हो ।
सहारा यातायात प्रालिका कार्यबहाक अध्यक्ष टीकाराम पौडेलले सोमबार एक विज्ञप्ती जारी गरी तीन दिनको अविरल बर्षाका कारण केही दिन ढिला हुने जानकारी गराउनुभएको छ । सबै क्षेत्रलाई बाढी पहिरोले समस्या पारेको भन्दै आफ्नो सेवा केही दिन ढिला भएको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
साथै देशभर बाढीपहिरोले ठुलो धनजनको नोक्सान पु¥याएको भन्दै तत्काल सरकारलाई राहत तथा उद्दार कार्य गर्न माग गरिएको छ । बाढीपहिरोले मृतकका परिवार तथा घाइतेको उपचारका लागि ब्यबस्था गर्न आग्रह गरिएको छ ।
