इन्द्रेणी संवाददाता
घोराही, २९ जेठ ।
साझेदारी वचत तथा ऋण सहकारी संस्था लि. घोराहीले आफ्ना नयाँ शेयर सदस्यहरुलाई सहकारीका विभिन्न विषयमा जानकारी गराएको छ । शनिवार घोराहीमा सहकारी शिक्षा शिविरको आयोजना गरी सहकारीको महत्व, सहकारीमा शेयर सदस्यहरुको भूमिका, वचत तथा ऋणलगायत संस्थाले दिदै आएका सेवा सुविधाका बारेमा जानकारी दिएको हो ।
शिक्षा उपसमितिका संयोजक सुशीला आचार्यको अध्यक्षतामा भएको कार्यक्रममासंस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माले सहकारीमा शेयर सदस्यहरुको भूमिका, उपाध्यक्ष तथा ऋण उपसमितिका संयोजक प्रेम केसीले आफ्नो सहकारी संस्थाले उपलव्ध गराउदै आएको ऋणको प्रकृतिबारे र राष्ट्रिय सहकारी बैंक दाङशाखाका प्रबन्धक नारायण वेलवासेले सहकारी र वचतको महत्वबारे जानकारी दिनुभएको थियो ।
विमला गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण उषारमण शर्मा घिमिरेले गर्नुभएको थियो ।।