इन्द्रेणी संवाददाता
तुलसीपुर, २९ जेठ ।
राष्ट्रिय समाचार समिति राप्ती अञ्चल कार्यालय  तुलसीपुर  दाङले  नागरिक निगरानी तथा रेखदेख समिति गठन गरेको छ । कार्यालयको  जग्गामा निर्माण गर्न लागेको व्यापारीक प्रयोजनको  भवनको निर्माण कार्यलाई गुणस्तर बनाउन, तोकिएको समयभित्र निर्माण गर्नको लागि आज भएको भेलाले कार्यालयका प्रमुख नारायणी रजौरेको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो ।feature

नागरिक निगरानी तथा रेखदेख समितिको सयोजकमा स्थानीय आर्दश नगर टोलका अध्यक्ष तथा वडा नांगिरक मञ्ज तुलसीपुरका संयोजक   यमुना शाह रहनु भएको छ ।

जसको सदस्यहरुमा तुलसीपुर उद्योग वाणिज्य संघका सचिव मिनराज भण्डारी, रिपोर्टश क्लव दाङका अध्यक्ष शरद रेग्मी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक बुद्दि प्रसाद राना ,सामुदायिक  प्रहरी सेवा केन्द्रका उपाध्यक्ष बशन्त खड्की, पत्रकार भरत राज शर्मा , महिला अधिकारकर्मी निरा योगी, स्थानिय वासी गोमा अधिकारी लगायतका रहनु भएको छ ।

। त्यसैगरी समितिको सल्लाहाकारमा  नागरिक समाज दाङका  संयोगक टिकाराम रेग्मी,  बृद्दाआश्रम तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी, स्थानिय आर्दश टोलका  अगुवा ऋषिराज  कडेल ,समाजसेवी खिम नारायण श्रेष्ठ रहनु भएको छ। सो अवसरमा बोल्दै कार्यालयका प्रमुख नारायणी रजौरेले निर्माण कार्यलाई गुणस्तर, पार्दशिक, तोकिएको समयभित्र निर्माण गर्न  समिति गठन गरिएको बताउनु भयो ।

उहांले राससले निर्माण गर्न लागेको भवनलाई नमुना भवन बनाउनकालागि  सबै लाग्नु पर्ने बताउनु भयो । राप्ती राजमार्ग सैगै जोडिएको कार्यालयको जग्गामा  निर्माण गरिन लागेका व्यापारीक भवन आठ कोठाको रहेको छ ।।