दाङ, २९ जेठ
लगातार पानी पर्दा पानीजन्य रोगको जोखिम उच्च भएकाले खानपान र सरसफाइमा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।panजिल्ला जनस्वास्थ्य कार्यादलय दाङले लगातार पानी पर्दा पानीजन्य सरुवा रोगले माहामारीको रुप लिन सक्ने भन्दै खानपानमा ध्यान दिन आग्रह गरेको छ ।

जनस्वास्थ्य प्रमुखडाक्टर भुवन पौडलेले लगातार पानी पर्दा ढल फुटेर पानीको मुहानमा जाने, खुला दिशापिसाव, प्रदुषणका कारण पिउने पानीको मुहानसम्म किटाणु मिसिन सक्ने भएकाले सतर्क रहन आग्रह गनुृभयो ।

पिउने पानी दुषित भएमा झाडापाखाला, हैजा जस्ता पानीजन्य संक्रमण फैलिन सक्ने चुनौती रहेकाले उमालेको पानी पिउन, खानेकुरा सफा र राम्रोसंग पकाएर खान आग्रह गर्नुभयो ।।