राधा शर्मा/ बर्दिया

 २८ साउन । लगातार परेको वर्षाका कारण बर्दियामा एक जना वेपत्ता भएका छन अन्य ३ जना घाइते भएका छन भने सयौ घर डुवानमा परेका छन । विगत २ दिन देखि निरन्तर परिरहेको वर्षाका कारण ववइ नदिमा दाउरा निकाल्न गएका बारबर्दिया नगरपालिका वार्ड न १० गन्दर्भ गाउका २९ वर्षिय राजेन्द्र थारु नदिमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

badi

उनको खोजी भैरहेको छ । वर्षाका कारण ववइ नदिमा आएको वाढिले वासगढि नगरपालिका वार्ड न १ चेपाङ्घ गाउमा तुलबहादुर विकको घर भत्काउदा ३ जना घाइते भएका छन । घाइते मध्ये ६० वर्षिय नरकलि विक गम्भिर घाइते भएको र थप उपचारका लागी कोहलपुर लगिएको छ । अन्य घाइते ३६ वर्षिय सत्य नेपाली उनकी छोरी १८ वर्षिय धुमसरा विकको अवस्था सामान्य रहेको छ । घाइते सवै घर भाडामा वस्दै आएका हरु हुन ।

यसै विच ववइ नदिमा पानिको सतह वढिरहेको छ ववइ नदिमा ६.१० मिटर पानि भएमा खतरा मानिदै आइएको छ अहिले ववइ नदिले सो खतराको सकेत पार गरि ७.६८ मिटर पुगेको छ । वर्षाका कारण बबइ नदि खतराको सकेत भन्दा माथि पुगिसकेको छ भने नदि छेउछाउका वासीन्दालाइ सुरक्षित स्थान तर्फ जान आग्रह गरिएको जिल्ला आपतकालिन संचालन केन्द्रका सुचना अधिकृत रुपन ज्ञवालीले बताउनु भयो । ववइ नदि आसपासका विभिन्न स्थानका १ सए ४६ वटा घरहरु डुवानमा परेका छन । १२ वटा घर पुर्ण रुपमा क्षति भएको छ ।