साउन २८, काठमाडौँ ।गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले देशै भरी बाढी पहिरोका कारणले मृत्यु हुनेहरु प्रति सम्वेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिनु भएको छ । शनिबार बिहान गृहमन्त्रालयमा पत्रकारहरुसँग बोल्दै उहाँले देशै भरीको जन धनको क्षतिका बारेमा अवगत गराउनु भएको थियो ।
जस अनुसार झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जना मानिसहरुको मृत्यु भएको छ भने, कैयोँ बेपत्ता भएका छन ।
गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा जान्का लागि विमान स्थलमा खाद्द तथा उद्धार सामाग्रीहरु स्टेन्डबाई राखे पनि मौसम प्रतिकुल भएको कारणले आफु जान् नसकेको बताउनु भयो । उहाँले मौसमले साथ दिन बित्तिकै त्यस तर्फ प्रस्थान गर्ने जानकारी गराउनु भयो ।
त्यसैगरी गृहमन्त्री शर्माले बाँकेको नरायनापुर गाउँपालिका र राप्ती सुनारी गाउँपालिकामा बाढीका कारणले गाउँहरु डुबानमा परे पछि, सुर्खेतबाट उद्धारका लागि त्यस तर्फ पठाउन् निर्देशन दिनु भएको छ ।उता बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्तले पानीको सतह घटदै गएकोले डुबानको समस्या बिस्तारी हटने आशा गरेको जानकारी गराउनु भयो । हेलिकप्टर त्यसै क्षेत्रमा राखिएको छ ।४ हजार भन्दा बडी मानिसहरु त्यहाँ प्रभावित भएका छन ।
गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उद्धार कार्यका कुशल जवाहरुलाई परिचालित गर्न केही समय अघिनै निर्देशन गरी सक्नु भएको हो । मध्य पहाडी क्षेत्रमा पनि पहिरोका कारणले मानिसको जनजीवन प्रभावित भएको छ । उहाँले डुबानमा परेका जनता, राजनितीक दल, जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेको जानकारी समेत गराउनु भयो ।
त्यसैगरी झापाका सहायक प्रमुख जिल्ला अधिकारी भिम प्रसाद तिवारीका अनुसार मदनामा मुसलधारे पानी परी रहेकोले उद्धार कार्य प्रभावित भएको छ ।
