इन्द्रेणी संवाददाता
काठमाडौं २६ साउन । पछिल्लो समय सामाजिक संजालमा गलत कुरा सम्प्रेसन गरेर अर्काको चरित्र हत्या गर्ने क्रम तिब्र रुपमा बढेको छ । नेपालमा संचालित केहि छापा तथा अनलाइन पत्रिकाहरुले कपोकल्पित तथा भ्रमामक समाचार प्रकासन गरेर अर्काको चरित्र हत्या गर्ने क्रम बढिरहेकाबेला फेरी एक पत्रिकाले त्यस्तै खबर सम्प्रेसन गरेर बिबादमा तानिएकोछ ।
गत साउन २४ गते काठमाडौंबाट प्रकासित दृष्टि साप्ताहिकमा र सोही मितिमा दृष्टिकै अनलाइनमा प्रकाशित “प्रचण्डको तेस्रो बुहारी पनि घरेलु हिंसाको शिकार ?” शीर्षकमा आएको समाचार तथ्यहीन, कपोकल्पित र भ्रमामक भएको बताउदै प्रचण्ड पुत्र प्रकाश दाहालकी पत्नी बीना मगरले प्रेस काउन्सिलमा उजुरी दिएकी छिन ।
दृष्टि साप्ताहिकमा आएको उक्त समाचारले आफ्नो चरित्रहत्या र मानहानी भएको उल्लेख गर्दै मगरले उजुरी दिएकी हुन् । तथ्य तथा आधार हिन उक्त समाचारप्रति कडा आपत्ति प्रकट गर्दै बिनाले बिधुतिय अपराधमा राखेर कडा कारबाही गर्न भन्दै काउन्सिलमा उजुरी दिएकी हुन् ।
माओवादी केन्द्रकी नेतृ बिना मगरले उजुरी पत्रमा लेखेकी छिन दृष्टि साप्ताहिकमा आएको समाचारले मेरो व्यक्तिगत चरित्र हत्या र सामाजिक प्रतिष्ठामा गम्भीर चोट पुराएको छ”, उजुरीमा भनिएको छ, “समाचारमा उल्लेख भएअनुसार ममाथि कुनै पीडा भएको भए पत्रिकाले मसँग सोधेर त्यसको सत्यतथ्य बुझी समाचार प्रकाशित गर्नुपर्नेमा आफुखुशी मेरो चरित्रहत्या, मानमर्दन र मेरो सामाजिक प्रतिष्ठामा आँच पुराउने नियतले उक्त समाचार प्रकाशित गरेर ममाथि नै पीडा थप्ने काम गरेको छ ।” पत्रिका र अनलाइनले नियोजितरुपमा नै समाचार प्रकाशित गरेको दावी गर्दै खण्डन र प्रतिक्रिया पठाएर मात्रै नपुग्ने भएकाले प्रचलित ऐन, कानुन अनुसार कारवाहीका लागि अनुरोध पनि गरिएको छ ।
