केशरमान बिसी
दाङ २६ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि हिजो बुधबार उम्मेदवारी दर्ता भएको छ । उद्योगी व्यापारीको पुरानो र लोकप्रिय संस्थाको रुपमा परिचित उबासंघमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि नेतृत्व लिने आकांक्षी धेरै भएपछी त्यसो हुन सकेन र विभिन्न ब्याबसायिक संस्थाहरुले दुई प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।
संयुक्त बामपन्थी प्यानलबाट बर्तमान उपाध्यक्ष नारायण भुषालको नेतृत्वमा चुनाव लड्दैछन भने प्रजातान्त्रीक प्यानलबाट बर्तमान कोषाध्यक्ष मञ्जु बज्राचार्यको नेतृत्वमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी पुर्व अध्यक्ष धुर्व कुमार श्रेष्ठले पनि अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकाछन ।
बामपन्थी प्यानलबाट उद्योग उपाध्यक्षमा नारदमणी पोख्रेल , वाणिज्य उपाध्यक्षमा एकराज खनाल , महासचिवमा अनिल आचार्य , सचिवमा हरिप्रशाद खरेल , कोषाध्यक्षमा श्रीधर पोख्रेल , महिला सदस्यमा हेमंती पुन मगर , उद्योग सदस्य मित्रदेवी अधिकारी , सदस्यहरुमा महेन्द्र बुढाथोकी , भिमसेन गिरी , नारायण लामिछाने , रामप्रशाद पोख्रेल , बिष्णु सुवेधी , पिताम्बर पौडेलले चुनावी मैदानमा छन् ।
यसैगरी प्रजातान्त्रीक प्यानलमा उद्योग उपाध्यक्षमा बसन्त जोशी, वाणिज्य उपाध्यक्षमा टंक बुढाथोकी, महासचिवमा नरेश कार्की, सचिवमा माया पोख्रेल, कोषाध्यक्षमा शरद खनाल, महिला सदस्यमा विन्दु दाहाल, उद्योग सदस्य कमल पोख्रेल, सदस्यहरुमा मीनराज भाट, छविनारायण गिरी, राजकुमार गुप्ता, भुवन पौडेल, तेजबहादुर पौडेल, धनपति शर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक रेवतीरमण भट्राइले जानकारी दिएका छन् ।