इन्द्रेणी संवाददाता
तुलसीपुर २६ साउन । विनाकारण प्रहरीले मादक पदार्थ सेवन गरि आफन्तको घरमा जान लागेको युवाहरुलाई मरनासन्न हुने गरि क्टेको भन्दै फुलवारीका युवाहरुले कुटपीट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन ।
तुलसीपुर उपमहानगर १३ का ४ जना युवाहरुले आफु हरुलाई विना कारण नियन्त्रणमा दिइ कुटपीट गरेको भन्दै प्रहरीको ज्यादति रोकी कारवाहीको माग गरेका हुन । तुलसीपुर उपमहानगर १३ फुलवारीका स्थानिय विद्यालयका शिक्षक तिलक वली, स्थानीय युवा विक्रम खडका १३ वर्षिय वालक निगम ओली र वसन्त खडकाले वुधवार संयुक्त प्रेस विज्ञप्ती जारी गरी प्रहरीले आफुहरुलाई विना कारण कुटपीट गरेको भन्दै न्यायको माग गरेका हुन । आफुहरुलाई प्रहरीले विनाकारण मरनासन्न हुनेगरी कुटपिट गरेको आरोप युवाहरुले लगाएका छन । उनीहरुले प्रहरीको ज्यादति रोक्न सम्वन्धित निकाय संग ध्यानाकर्षण समेत गराएका छन ।
यहि साउन २२ गते राति ९ वजे विशेष कामले सतवरीया जाने क्रममा राप्ती राज मार्गको सानो भज्याङमा भ्यानमा आएका प्रहरीले तिमी हरुलाई यहिं रोक्ने कुरा भाछ भनेर रोकेको र केहि समय पछि मदीराले मातेका प्रहरी चौकी दमारगाउँका असई शुरेस वुढा पुगेर एक्कासी अपशव्द प्रयोग गर्दै आमा गाली गष्रेर कुटपििटमा उत्रीय विज्ञप्तीमा भनिएको छ के कारणले कुटपीट गरिएको भन्दा झनै कुटियो ।
केहिवेरको कुटपिट पछि ईलाका प्रहरी कार्यालय अमिलियामा अगेर इलाका प्रहरीका प्रहरी निरीक्षकले सवैलाई मुर्गा वनाएर इलाका मै राखेर मरणासन्न हुने गरी लाठिले कुटपिट गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । हामी निर्दोष व्यक्तिलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्दै अव आईन्दा यस्तो ज्यादती रोक्न आग्रह समेत उनीहरुले गरेका छन ।
यता निमित्त जिल्ला प्रहरी प्रमुख भुवनेशवर तिवारीले किटानी जाहेरी आएमा आफुले अनसुसन्धान गरी कुटपिट गर्ने प्रहरी अधिकारीहरुलाई कारवाही गर्ने वताएका छन ।
