केशरमान बिसी
दाङ २४ साउन । चिकित्सा क्षत्रमा भएको विभिन्न अनियमितताको बिरोध गर्दै काठमाडौंमा ११ औं पटक अनसन बसेका डा.गोविन्द केसीको माग सम्बोधन गरेर उनको जीवन रक्षा गर्न सरकारसँग माग गर्दै आज दाङ घोराहीको तुलसीपुरचोकमा प्रदर्शन भएको छ । चिकित्सा क्षेत्रमा सुधारको माग राखेर डाक्टर केसीले केहि दिन अघि काठमाडौंमा आमरण अनशन सुरु गरेका छन् ।

pardarsan2

११ औं पटकको यस अनसनमा डाक्टर केसीले सरकार समक्ष सात बुँदे माग राखेका छन् । उनका मागको सुनुवाई गर्न भन्दै सरकारले वार्ता टोली गठन गरि वार्ता भएपनि विभिन्न समयमा बसेको सरकारी र डाक्टर केसी समर्थक टोलीको बार्ता निष्कर्समा पुग्न सकेन ।

pardarsan1

त्यसैले डा.केसीले उठाएको माग आम सर्वसधारणको सरोकारको विषय भएका कारण त्यसलाई सरकारले बेलैमा पूरा गर्न दवाब दिने उद्देश्यले प्रदर्शन गरेको प्रदर्शनमा सहभागी अभियनता बिनोद केसीले जानकारी दिए ।

pardarsan3

विवेकशील नेपाली दाङ अभियानको आयोजनामा भएको प्रदर्शनमा डाक्टर अरबिन्द भुषाल , डाक्टर लोकराज पराजुली , युवा अभियनता विवेक न्यौपाने, ढकराज सुवेदी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण संयोजक समिर वलीले गरेका थिए ।

pardarsan4

pardarsan5

pradarsan6