तुलसीपुर, २४ साउन । तुलसीपुर उपमहानगरपालिकाको आसन्न नगरसभालाई परिणाममुखि वनाउन विभिन्न निकायहरुसंग निरन्तर छलफल एवं सुझाव संकलन कार्यलाई तृब्रता दिएको छ । मंगलवार यस आयोजना गरिएको छलफल कार्यक्रमका वक्ताहरुले उपमहानगरपालिकालाई नमूना, सुरक्षित र सफा राख्न यस क्षेत्रका व्यवसायीहरुको महात्वपूर्ण भुमिका रहने बताएका छन् ।

20708265_1662258580475219_9092115922982430438_nवक्ताहरुले तुलसीपुरमा मिनि औद्योगिक क्षेत्रको व्यवस्थापन गर्नु पर्ने, यस क्षेत्रमा देखिएको सुरक्षा चुनौति, पार्किङ व्यवस्थापन तथा फोहोर व्यवस्थापन गर्न सम्पूर्ण व्यवसायी र घनधनीसंग अनिवार्य रुपमा फोहोर व्यवस्थापन कर संकलन गर्नुपर्ने वताएका थिए ।

कार्यक्रममा लसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत ले यस क्षेत्रको व्यवसायीक सुरक्षा लगानीको वातावरण र व्यवसायीहरुलाई करको दायरा अलि फराकिलो र व्यवस्थित वनाउनुपर्ने वताए ।

संघका निवर्तमान अध्यक्ष विमल रिजालले सरसफाई अभियानले यस क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उपमहानगरपालिकाले निरन्तरता दिनुपर्ने वताए ।