दाङ, २४ साउन । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल दाङले जिल्लाका सवै सामुदायिक वन समूहहरुलाई सामुदायिक वन राष्ट्रिय दिवस मनाउन आग्रह गरेको छ ।

feature0वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा र सचिव हेमराज शर्माले आज एक बिज्ञप्ति निकालेर बृक्षरोपण लगायत आफ्नो क्षेत्रमा सहज हुने गरी बिबिध कार्यक्रम गरी भोली साउन २५ गते सामुदायिक वन राष्ट्रिय दिवस मनाउन आग्रह गरेका हुन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, वन मन्त्रालय र सामुदायिक वनसंग सरोकार राख्ने सरोकारवालाहरु वीच समन्वय गरेर आजदेखि तीन दिनसम्म मनाउने कार्यक्रम तय गरिएको हुदा आफू अनुकुल कार्यक्रम बनाई दिवस मनाउन बिज्ञप्तिमा आग्रह गरिएको छ ।