गोविन्द खड्का
घोराही, २४ साउन । कसैले सोध्यो भने उनको जवाफ हुन्छ कुप्रो परुन्जेल फोहर उठाउँछु । तलव भत्ता वा अरु कुने लाभका लागि भने होईन । न त खान लाउन नपुगेर वाद्यताले फोहर खुन्टिदै हिड्नुपरेको हो । त्यसरी फलामको सुईरोले फोहर टिप्न छोडेको दुई महिनामै बातावरण विग्रीए पछि फेरी टोल वासीले गुहारे । अहिले बसपार्क बदलिएको छ । ति व्यक्ति हुन हर्क बहादुर वली ।

आँखाले देखेको फोहोर सहने र लात्तीले छोएको उछिट्ट्याउदै हिड्ने व्यक्ति घोराही १४ सेवार खोला नयाँ वसपार्कका सरसफाइ निरीक्षक वलीका नजरमा असभ्य हुन् । उनिहरुलाई सभ्यताको पाठ सिकाउन वली सरसफाई निरीक्षक भएर बसपार्कमा चौकीदारी गर्नुभएको छ । सबैले चिन्न थालेका छन् । टाढै देखे भनेपनि सजकता अपनाउछन् जथाभावि चुरोटका ठुटा र पुकारका खोस्टा समेत फाल्दैनन् । बस बाट झर्ने पानीका वोतल, फलफुलका बोक्रा उहिल्यै देखि बन्द छन् ।

buspark safa garne

टहल्दै गर्दा बैशाख जेठको हम्कोले नालाको भात बच्कीदै उम्लिएको देखियो । वलीले धेरै बर्ष अघिको कुरा सम्झिदै भन्नुभयो ‘त्यो दृश्य असहैया भयो । भातका सिता नालामा हाल्दै गरेका छिमेकि भेटिए । यसरी गन्धा नगरौ । झाडा पखाला लाग्छ । सरसफाई भनेको आफ्नो हो भनेर सम्झाए । उल्टो आफन्त उठाएर मार्न आए ।’ वलीलाई त्यसै बेला फोहरमा चस्को पस्यो । ‘त राङकोटेले सुन चाँदी  बगाउने होस नालामा ?’ भनि प्रश्न गरे वलिको अनुभव छ ।

बस्ति वाक्लीदै गयो । परिस्थितिले खुला दिसामुक्त अभियान ल्यायो । संयोगले वडा सरसफाइ समितिको संयोजकमा शक्तिराम डाँगी र सचिव विष्णु बहादुर दशौदीलाई बस पार्कमै जन्मायो । वडाको नेतृत्वगर्न नपाए पनि टोलमा वलिले प्रशस्तै समय खर्चीएर सरसफाइमा लागे । त्यतिले पनि फोहर फाल्नेले दिएको बचनको चोट निको हुनसकेन । सरसफाईको जिम्मेवारी आँटे  । टोलले सरसफाई निरीक्षकको पद दियो । त्यो घरकै श्रीमतिलाई पचेन ।

एक साँझको खानै पाकेन । श्रीमतीको प्यारको अबरोध भन्दा सफा गर्न नदिएको घाउको बन्धन वलि संग ठुलो थियोे । आफ्नै श्रीमती काबुमा ल्याउन जति सजिलो थियो मनको चोट सन्चो गराउन उत्तिकै कठिन । कहाँ जालान् ठाउँमा आईता जालान् भने काममा लागिरहे ।’ वलि भन्नुहुन्छ ‘अहिल त खान बस्न दिने भए उनका शर्त पनि हराए ।’ गत मंसिर ११ गते देखि शुरु भएको हो । कस्तो गर्दा रहेछन भनेर जाँच्नलाई दुई महिना काम छोडेका वलि निर्वीकल्प बनेर फर्किए ।

हुन त पुर्खेउली गाउँ सम्म पनि ‘घोराहीमा फोहर टिप्छ रे’ भन्दा हुन् भनेर वली कल्पना गर्छन् । त्यसको कुनै प्रबाह छैन वलीलाई । भात खाने समयको टुंगो वलीलाई गाडिले दिएका छन् । ‘विहानको खाना ११ देखि १२ बजेको विचमा हुन्छ ।’ उहाले भन्नुभयो, ‘गाडि कम हुन्छन् । त्यति बेलै खाना खान्छु ।’ त्यति मात्रै उनले बुझेका छन् । र लामो सुईरो बोकेर बसपार्क क्षेत्रमा हिडीरहेका हुन्छन् ।

20170805_122603टोलविकास संस्थाले वलिलाई पारीश्रमीक श्वरुप मासिक दशहजार दिने बैठक बाटै निर्णय गरेको छ । त्यसको लोभ भने आफुलाई नभएको वलीले जानकारी दिनुभयो । वलिका अनुसार तिस हजार घर भाडा कमाई हुन्छ । छोराले महिनाको सत्तरी असी हजार नियमित पठाउँछन् । अपुग केहि छैन । दश हजार पाईने लोभले होईन । वलिको तर्क छ ‘कोहिले सुन खेलाउला मेरो आत्माले फोहरै खेलाउने आँट्यो ’– उहाँले थप्नुभयो ‘अबुजले जति सम्पती कमाएपनि फोहर खेरेर खान्छ भन्ला । तर नपुगेर गर्ने र पुगेर पनि गर्ने भनेर अलग गरी बुझ्ने बुद्धिजिवि पनि त होलान् ।’

विहान ५ बजे र साझ सात आठ बजे सम्म निरन्तर डिउटि छ । भोलालाई उनले घोला भनेर उच्चारण गर्छन् । त्यसैले आजित बनाएको छ । ‘कति मान्छे आउछ र हो निर्मुलै पार्न नसकिने भयो कति खाएका हुन् ?’ अनुहार खुज्मुज्याएर दिक्दारी पोखे । गरेपछि हुन्छ भन्ने उनि संग हिम्मत छ । ‘म बुढाले उठाउछु भने त्यो हाकिम किन नहोस् फोहर कसरी फाल्दो रहेछ’ ५३ बर्षे वलिको तर्क छ, ‘मैले साफ गर्न लगाउने हो । देखेन भने मात्रै हो । नत्र फाल्नेले छुट पान्न ।’ टोल विकास संस्था पहिलो मित्रलाल भण्डारी र आफुलार्य दोश्रो बृद्ध मान्छन् ।

‘पढे लेख्याले खासै गाडि चलाउने रहेनछन्’ झण्डै ६ महिना काम गरेको अनुभव सुनाउदै वलीले भन्नुभयो ‘नफाल्नु होला हजुर भन्दा हुन्छ हुन्छ हो हजुर ठिक भन्नुभयो भन्छन् । देख्या बेला सम्म हातमा समातेर राख्छन् । अलि पर पुगेपछि फ्याट फाल्छन् ।’ उहाँका अनुसार समितिका र केहि चालक सहचालक भने देखेको फोहोर पनि टिपेर डस्टििवनमा राख्ने भएका छन् । ‘तपाईहरु बुढो छैन भनेर मनलाग्दी नगर्नुहोला म न देखिए पनि तपाईलो फोहोर फालेको देख्छु ।’ उहाले थप्नुभयो ‘यो बुढो आउछ कि आउदैन भनेर छेकहेरी फाल्ने नगर्नुहोला ।’

मुन्टोमा परिचय पत्र लड्काएको च्याप्टो र गोरो अनुहार भएको पाको मान्छे घोराही बसपार्कको सरसफाई निरिक्षक हो । एक्लै हिडेको देखिन्छ तर फौजको आर्क जस्तै चारैतिर टोलवासी तैनाथ हुन्छन् । काउन्टरमा रहेको असई नबराज भण्डारी नेतृत्वको प्रहरी र राप्ती समितिका रुपलाल दसौदि राजु लगाएत कर्मचारी, अम्विकेश्वरी लगाएतका समिति, मालिका कालिका लगाएतका प्रालिहरु पनि हरदम सरसफाइ अभियानमा साथ दिनेगरी रहेका छन् । फोहर विरुद्धको अभियानमा अघिल्लो मोर्चा भने वलीले सम्हालेका छन् । ‘थोकैले कुट्न खोज्छन्’ वलिको भाषामा । तर सिन्को भर डगमगाएका छैनन् । बचेको भातका सिता र चुसेको मासुका हड्डि नालामा फाल्नेलाई रोक्न नसकेको तुषले जन्माएका सरसफाई निरीक्षक वली । उनलाई अगाडि बढाएका छन् टोल अध्यक्ष हुदै १४ नम्वर वटा अध्यक्षमा निर्वाचित सक्तिराम डागि र सिंगो टोलविकास संस्था । जसले वसपार्क घिनाउने ठाउ होइन स्रहना गर्ने पाठशाला बनेको छ ।