इन्द्रेणी संवाददाता
दाङ २४ साउन । दाङ – कोहलपुर सडक खण्डको अगैया जंगलमा झुण्डाइएको अवस्थामा भेटिएका नेपाल बैंक लिमिटेड गुलरिया बर्दियाका प्रवन्धक प्रमोद बर्माको मृत्यु रहस्यमय बनेकोछ । परिवार संग तीन दिनदेखि सम्पर्कमा नआएका बर्मा मृत अवस्थामा अगैया जंगलमा भेटिएका थिए ।
परिवार संग सम्पर्क बिहिन भएपछी बर्मालाई परिवारले खोजि गर्नका लागि जताततै सम्पर्क बढाएको थियो । खोजि गर्ने क्रममा दाङ घोराही निवासी बर्मालाई प्रहरीले अगैया जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार बर्माको शरीरभरि नीलडाम देखिएका छन् । कुटपिटपछि हत्या गरिएको र हत्यापछि झुण्डाइएको आशंका परिवारजनले गरेका छन् । बर्माको शवलाई सोमबार भेरी अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ । दाङकी पत्रकार पार्वती बस्नेतका श्रीमान समेत रहेका बर्माको हत्या हो कि आत्महत्या ? भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
