इन्द्रेणी संवादाता
रोल्पा, २९ जेठ
रोल्पाको एक सामुदायिक विद्यालयलाई देशकै नमुना सामुदायिक विद्यालय बनाउन स्थानीय युवाहरु देश विदेशबाट जुटेका छन् ।1 सदरमुकाम लिवाङबाट २७ किलोमिटर टाढा पर्ने

सिद्धार्थ माध्यमिक विद्यालयको शैक्षिक स्तरोन्ती र भौतिक संरचना परिवर्तन गरेर

नमुना विद्यालय बनाउन देश विदेशमा रहेका युवा लागिपरेका हुन् ।

घोप्टेओढार जिनाबाङ रोल्पाबाट युएई, साउदी अरब, कतार, मलेसिया, भारत लगायतका देशमा रहेका युवा मिलेर अभियान चलाएका हुन ।

2प्रत्येक देशमा आर्थिक रकम संकलन गर्न समिती गठन गरिएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनलेसमेत पढाएको विद्यालयलाई नमुना बनाउन जिल्ला शिक्षा कार्यालय र श्रोत केन्द्र तथा राजनीतिक दलका स्थानीय

प्रतिनिधिहरुसँग छलफल गरेर आर्थिक संकलन गर्न सुरु गरिएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले २०५१ सालमा त्यस विद्यालयमा अध्यापन गराउनु भएको थियो ।3 २०४५ सालमा स्थापना भएको विद्यालयमा प्रावि तहमा मात्रै स्थायी दरबन्दी छ ।

युग सुहाउँदो शिक्षाका लागि स्वयंसेवकका रुपमा नमुमा विद्यालय निर्माणका लागि जुटेको युएईमा कार्यरत केबी गुरुङले जानकारी दिनुभयो ।

अभियानबाट दुई हप्तामा ११ लाख रुपैयाँ भन्दा धेरै संकलन भइसकेको छ ।।