इन्द्रेणी संवाददाता
चितवन २२ , साउन । बहुचर्चित रुपमा रहेको चितवनको भरतपुरमा जनप्रतिनिधि हरुको सपथ ग्रहण नेकपा एमालेका निर्वाचित जनप्रनिधिले बहिस्कार गर्ने भएका छन् । मेयर पदका उम्मेदवारलाई पुन मतदानको नाटक गरि ,विभिन्न षड्यन्त्र गरेर ,राज्यशक्ति लगाएर हराउने काम भएको ठहर गर्दै एमालेले सांकेतिक रुपमा बिरोध स्वरुप आजको लागि सपथ कार्यक्रम बहिस्कार गर्ने भएको हो ।
एमालेका निर्वाचित प्रतिनिधिहरु सपथ ग्रहण कार्यक्रममा उपस्थित नभएपछि तीन बजे गर्ने भनेको सपथ ग्रहण कार्यक्रम ५ शुरु हुन सकेको छैन । एमालेले भने आज सपथ ग्रहण कार्यक्रम बहिस्कार गरि भोलि छुटै सपथ लिने जिल्ला कमिती उपाध्यक्ष तेजेन्द्र खड्काले जानकारी दिए ।