इन्द्रेणी संवाददाता

चितवन २१ साउन । मतपत्र च्यातिएपछि बिबाद भइ रोकिएको चितवन भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन् । १६०२ मत गन्दा दाहाल २ मतले अघि रहेको मतगणनामा खटिएका एक अधिकारीले जानकारी दिए ।

renu dahal 922

यो संगै भरतपुरमा रेणु दाहालले अग्रता लिएको यो पहिलोपटक हो । अब करिब १६०० मात्र पतापत्रा गन्न बाँकी छ भने भरतपुरमा रेणु दाहालले जित्ने अनुमान गर्न थालिएको छ।