घोराही, २१ साउन । नेपाल मगर संघ तुलसीपुर उपमहानगरपालिकाको छैठौँ अधिबेशनको आज शनिबार विजौरीमा उद्घाटन गरिएको छ । अधिबेशनको नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गुरुप्रसाद घर्ती मगरले गरे ।
नेपाल मगर संघका नगर अध्यक्ष खुमेन्द्र पुन मगरको अध्यक्षता तथा संघका केन्द्रीय उपाध्यक्ष घर्ती मगरको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयको विशिष्ट आतिथ्यतामा अधिबेशनको उद्घाटन गरिएको थियो ।
अधिबेशन उद्घाटन अवसरमा बोल्ने बक्ताहरुले पछिल्लो समयमा जातीय पहिचानको मुद्धाले प्राथमिकता पाएको भन्दै त्यसका लागि कला, सस्कृती र सस्कारको संरक्षण गर्नुपर्ने बताएका थिए । कला सस्कृतीले जातीय पहिचान दिने बक्ताहरुले बताएका थिए ।