चितवन, २१ साउन । भरतपुर महानगरपालिकाको निर्वाचनमा तीव्र प्रतिस्पर्धा देखिएको छ । भरतपुर २० को जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर घटाउँदै लगेकी छन्।
वडा नम्बर १९ मा अग्रता कायम गरेकी रेणुले २० नम्बर वडामा पनि निरन्तर रुपमा अग्रता कायम गर्दै मतअन्तर घटाउँदै लगेकी हुन्। २० नम्बर वडाको १६०० मत गन्दा देवी र रेणुबीचको मतअन्तर २ रहेको छ। मतान्तर घटाउदै लिएपछि रेणुले वाजी मार्ने अनुमान गरिएको छ । तर एमालेले आफ्नो पकेट क्षेत्रको मत अझै गन्न बाँकी रहेको बताएको छ ।