के.एम. निस्ठुरी
हरेक मानिसका जीवनका आ(आफ्नै मिठा सपना हरु हुन्छन । तिनै सपनाहरुलाई पिछा गर्दै आफ्नो जीवन व्यथित गर्छ मानिस । यिनै मिठा कतिपय सपना पुरा हुन्छन भने कतिपय अधुरै रहन्छन हरेक मनका । यस्तै सपना बोकेर दाङको तुलसीपुरमा जन्मिएकी थिइन गायिका सिर्जु अधिकारी।
बाल्यकाल देखि नै गित संगीत भन्दा हुरुक्कै हुने सिर्जुको गायन यात्रा दाङकै सुन्दर काखमा स्थानिय भाका गुनगुनाउदै बित्यो । कतै मेला उत्सब होस या सत्यनारायण सिर्जुले बिनाकुनै संकोज गित गुनगुनाइ हाल्थिन ।
ठुलो कलाकार बन्ने आफ्नो सपना पुरा गर्न जन्मस्थल बाट सम्भब नभएपछी सिर्जु काठमान्डौ तर्फ लागिन करोडौ सपना मनभरी बोकेर । तिनै सपनाहरुले आज गायिका सिर्जु अधिकारी बनाएको छ उनलाई ।
गीत संगीत मन नपर्ने मनहरु सायदै हुदैनन् । गीत र संगीतले मानिसलाई चरम आनन्द प्रदान गर्दछ । त्यसैले त संगित हरेक सुख दुखको सारथी बन्दछ । तर गित संगीतले मानिस लाइ मोहित पार्न प्रेत्यक मनमा गित संगीत छिरेर मुटुलाई नै च्वास्स छुनु पर्छ । हो त्यो दक्षता राख्दछन सिर्जुका गीतहरुले ।
आकर्षक जिउडाल, गहकिला शब्द र मधुर आवाज यी सबै कुराको बैभव छ सिर्जु मा र त आम दर्शक लाइ छिटै मोहित पार्छिन उनि । आफ्नो सपना संगीत क्षेत्रमा अहोरात्र खटेर आम दर्शक तथा श्रोताहरुको मन जित्न सफल भएकी छिन सिर्जु अधिकारी ।
उनले गाएका सबै प्राय गित कर्णप्रिय बनेका छन त्यसैले पनि आज उनलाई सबैले रुचाएका छन । जसका कारण संगीतिक क्षेत्रमा सिर्जुलाई भ्याइनभ्याइ छ । भ्याइनभ्याइ भएपनि सिर्जुले आफुनो सारा जीवन संगीत यात्रामा नै समर्पित गर्ने बताउछिन । उनी आफुलाई अलराउण्डर गायिकाभन्न रुचाउछिन । त्यसैपनि उनको संगीत प्रतिको झुकावका कारण आज सबैले उनलाई गायिका तथा मोडल भनेर चिन्ने अबसर पाएका छन ।
आकर्षक जिउडाल र मधुर आवाजको बरदाननै पाएकी सिर्जु अधिकारी गीतसंगीत मार्फत आम दर्शक तथा श्रोतामाझ निकै चर्चामा आएकी छन । आफ्नो अहोरात्र मिहेनतको परिणाम त आज उनि आफुलाई एउटा सफल कलाकारको रुपमा स्थापित गराएरै छाडिन ।
करिब १ दशक अगाडि देखि यस क्षेत्रमा समर्पित सिर्जु हाल अभिनय गर्नमा समेत निकै निपुण छिन । उनले करिब तीन दर्जन जति गीतसंगीत र म्युजिक भिडियोमा गाउन र अभिनय गर्न भ्याइसकेकी छन । सिर्जुले गायन र अभिनय मात्र गरिनिन प्राविधिक तर्फ संगीत कम्पोज समेत गर्ने गरेकी छन ।
गायक रामचन्द्र काफ्लेले गाएको गीत ‘हे कान्छी रानी वनमा हावा सरर‘’ बोलको गितमा मोडलिङ गर्दै यस गित संगीत क्षेत्र उदायकी । उनी अहिले गायन र अभिनय दुवैलाई संगैलिएर अगाडि बढि रहेकी छन । उनले ‘राज’ र ‘देव देवकी’ चलचित्रमा समेत अभिनय गरेकी छन । सोभित बस्नेतले निर्देशन गरेको चलचित्र ‘राज’मा सिर्जुले अभिनय गरेकी छन भने माधव खरेलको देवदेवकीमा सिर्जु नायिकाको रुपमा देखिएकी छन ।
गीत संगीतमा भ्याइनभ्याइ सिर्जुलाई दर्शक तथा श्रोताहरुले मन पराइ दिएर हौसला बढाइदिएका कारण आफु सफल बन्न सकेको बताउछिन ।
यतिबेला यिनै चर्चित कलाकार सिर्जुलाई कार्यक्रमहरुमा सहभागी हुन भ्याइनभ्याइ भैरहेको छ । यहि फाल्गुन २१ गते बाट दाङ मा लाग्ने बृहत महोत्सबमा पनि गायिका सिर्जुअधिकारी बोलाइएकी छिन आशा गरौ उनको सुरिलो स्वरले पक्कै पनि दाङ गुन्जिने छ ।
