गोविन्द खड्का
घोराही, १९ असोज ।नयाँ वसपार्कको पश्चिम तर्फ सेवार खोलाको किनारमा गत असोज १८ गते गौशालाको शिलान्यास गरीएको थियो । घोराही उपमहानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत तुफालन सिं केसीले केहि महिना भित्रै तयार गराउने वचन दिनुभएको थियो । त्यसमा टहरो सम्पन्न भएको छ । त्यतिले मात्रै गाई गोरु खेरेर थुन्न भने सकिदैन । व्यवस्थापन समिति प्रयासरत रहेको जनाएको छ ।
छाडा गाई गोरुले बजार पिडित छ । तिनले फल फुल तथा तरकारीका बेर्ना खाईदिने गरेका छन् । मार काट गर्न नमिल्ने ति गाई गोरु व्यवस्थापन गर्ने खास्सै गतिलो उपाए छैन । कतिपय बजारमै मर्छन् । केहिलाई घोराही उपमहानगर पालिकाले जंगलमा लगेर छोड्ने गरेको छ । व्यवस्थित गौशाला बनाई तिनलाई बाँध्न सके बजार बासी पिडा मुक्त हुने विश्वास गरीएको छ ।
गहुँत चाहिने, चुलो लिप्न गोबर खोज्नुपर्ने, पुजा पाठ हुदा चोख्याउन आवश्यक पर्ने लगाएत धेरै कामयावि छ गाईको गहुत र गोबर । त्यसकारण पनि बजारको नजिकै गौशाला जरुरी रहेको राधा कृष्ण मन्दिर तथा हरितपार्क व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर थापाले जानकारी दिनुभयो । छाडा बाट फाईदा लिन सकिने काममा दाताहरुले जागर नलाएको देख्दा उदेक लागेको छ । राष्टिय जनावरको संरक्षण सहित थुप्रै लाभलिन सकिने क्षेत्रमा लगानी गर्नेले हारालुछ गर्नुपर्दथ्यो ।
यसपटक घोराही उपमहानगरापालिकाले दिएको तिस हजारमा दाताहरुको लगानी थपी एक लाख लगानीमा टहरा तयार भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । यसै बर्ष करीव दुई सय मिटर तारजाली बनाईएको छ । दामोदर भण्डारीले राख्नुभएको सिवको मुर्तीले सोभा दिएको छ । राजीव गौतमले सिव मन्दिर बनाउने र भानुभक्त पाण्डेयले गणेश मन्दिर बनाउने सम्झौता गनूभएको छ । उहाहरुले पनि कामलाई पुर्णता दिए मन्दिरको महत्व ह्वात्तै बढने थापाको भनाई छ ।
आउदो तिस गते कृष्णाष्टमिका दिन विशेष पुजा आजाको तयारी गरीएको छ । त्यस बेला सम्म दाताहरु भेटिए एक सय चालिस मिटर जति पर्खाल बनाउन खोजेको अध्यक्ष थापाले बताउनुभयो । तारजाली नपुगेर संरक्षण नहुदा पार्क बनाउन नसकिएको उहाको भनाई छ । एक जनाले जमिन अतिक्रमण गर्नुभएको छ । करीव तिस का मन्दिर क्षेत्रलाई संरक्षण गर्न नसक्दा समस्या निम्तीएको छ । केहि जमिन खोला वारी छ केहि पारी कति जमिन खोलाले पनि जथाभावि बगेर ओगटेको छ । त्यसको संरक्षण गर्न सके मन्दिर, सुन्दर पार्क र अरु संरचना बनाउन सकिने छ ।
सबै जमिन संरक्षण गरी सकेपछि हरित पार्कको कार्यक्रम अघि बढाईने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पर्खाल र तारवार बनाएर फुल तथा बोट संरक्षण गर्नुपर्ने छ । छाडा गाई गोरु, बाखा्र रोकन नसके विरुवा लगाएको अर्थ देखिन्न । केहि विरुवा रोपे पनि सबै क्षेत्रमा लागानी गर्न समिति डराएको छ । अहिले भजन कृतिन गर्न एकलाख ११ हजार लगानीमा साधना कक्षा निर्माण गरीएको अध्यक्ष थापाको भनाई छ । भक्त जनलाई पुजा पाठ गर्नका लागि सजिलो भएको छ । पच्छिल्लो समयमा दिनहु जसो पुजा गर्न जानेहरु पनि थपिने गरेका छन् ।
गौशाला तयार भएपछि मल मुत्र बाट विरुवा हुर्काउन सजिलो हुने बताईएको छ । त्यसका लागि बनेको टहरामा पर्खाल लगाई सुरक्षित बनाउन सकिएको छैनद । पर्खाल बनाएर घाम पानी र जाडो गर्मिबाट बचाउन बाकि छ । त्यस संगै गोठालो बस्ने व्यवस्था भएको छैन । उसले चौविसै घण्टा रखालो गर्नुपर्छ । घाँस परालको दिगोपनका लागि योजना बनेको छैन । यी सबै आवश्यकता पुर्तिका लागि घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी संग बैठक बस्ने योजना बनाएको अध्यक्ष थापाले जानकारी दिनुभयो । बजार नजिकै सुन्दर एवं धार्मिक महत्वको स्थल बचाउनु सवैको कर्तव्य हो । सेवार खोला किनाराको सबै जमिन संरक्षण गर्दै हरित पार्कमा जोड दिनुपर्छ ।