ध्रुवराज न्यौपाने

श्रावण १९ तुलसीपुर।  गुरु जजुर माध्यमिक विद्यालयमा आज बुधवार वृक्षारोपन तथा विद्यालयको विकासमा जनप्रतिनिधिको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका का नवनिर्वाचित मेयर घनश्याम पाण्डे,उपमेयर माया आचार्य,वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण राणा लगायतका जनप्रतिनिधिको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्दै नगर प्रमुख पाण्डेले अव स्थानिय तहमा नै शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षा निति बनाई लागु गर्ने बताउनुभयो । हरेक विद्यालयको शैक्षिक ,आर्थिक तथा भौतिक विकासका लागि सबै विद्यालयका प्र।अ। संग बसेर कार्ययोजना निमार्ण गर्ने र उक्त कार्ययोजना अनुरुप नै विद्यालय संचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै उक्त कार्ययोजनाकै आधारमा विद्यालयमा कार्यरत शिक्षक को सरुवा,बढुवा,ग्रेड वृद्धि लगायत विद्यालयको समग्र विकासकालागि कार्य अगाडि बढाईने बताउनुभयो ।

IMG_3026

गुरु जजुर दाङ क्षेत्र नं ४ मा नमुना विद्यालयको रुपमा मान्यता पाएको मा बधाई दिदै विद्यालयको थप विकासका लागि आफुले योगदान पु¥याउने उल्लेख गर्नुभयो । उहाँले विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्नु आवश्यकता भएकाले विद्यालयले उक्त पहल गरे धरौटि राख्दा लाग्ने रकमको व्यवस्था मिलाईदिने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै कुनै पनि ठाऊ को समग्र विकासका लागि सुरुमा शिक्षाको स्तरमा वृद्धि हुनुपर्ने भन्दै तुलसीपुर नगरमा रहेका हरेक विद्यालय बालमैत्रि र जिवन्त हुनुपर्ने बताउनुभयो । सुरुमा आफु पनि शिक्षक पेशामा केहि समय संलग्न भएकाले शिक्षाको विकासका लागि सबैले आ–आफ्नो ठाउबाट सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।

विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानका लागि कुनै कुराको सम्झौता नगरी गुणस्तरीय शिक्षा प्रदान गर्न सबै शिक्षकहरुलाई आग्रह गर्दै आवश्यक परे विभिन्न तालिमको समेत व्यवस्था गरिने उल्लेख गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै उपमेयर माया आचार्यले गुरुजजुर संग आफ्नो भावनात्मक सम्वन्ध भएको कुरा उल्लेख गर्दै शिक्षाको विकास विना समाजको रुपान्तरण हुन नसक्ने भएकाले यस विद्यालयको समग्र विकासका लागि आफु हरपल तत्पर रहने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रनव कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वि।व्य।स।अध्यक्ष सुरेन्द्र खड्काले जनप्रतिनिधिविहिन अवस्थामा विद्यालयलयलाई यहाँ सम्म ल्याउन आफुहरुले धेरै नै मिहेनत गरेको स्मरण गर्दै अव विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार निमार्णमा जनप्रतितिनिधिको अहम भूमिका हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालयका निमित्त प्रअ गोपाल बुढाथोकिले विद्यालयको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा पूर्व सांसद कुवेर वली,वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण रााणा,शिक्षक अभिभावक संघका अध्यक्ष सुरविर वली लगायतले बोल्नु भएको थियो । विद्यालयका शिक्षक अभिभावक संघका सदस्य सचिव प्रमोद कुमार न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन वि।व्य।स। सदस्य रुद्र बहादुर वलीले गर्नुभएको थियो भने सहजिकरण शिक्षक लेबेन्द्र केसीले गर्नुभएको थियो ।