काठमाडौं, १८ साउन। नेकपा माओवादी केन्द्रले २ नम्वर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचन आफ्ना केन्द्रीय नेताहरुलाई खटाउने निर्णय गरेको छ । बुधबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले शीर्ष नेताहरुलाई असोज २ गते हुने चुनावी अभियानमा खटाउने निर्णय गरेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड’, सिराहा
नारायणकाजी श्रेष्ठ, सर्लाही
रामबहादुर थापा ‘बादल’, धनुषा
हरिबोल गजुरेल, रौतहट
दीनानाथ शर्मा, पर्सा
चक्रपाणि खनाल ‘बलदेव’, सप्तरी
डिलाराम आचार्य, बारा
विश्वभक्त दुलाल ‘आहुती’, महोत्तरी