काठमाडौं, १८ साउन । सर्वाेच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई न्यायीक हिरासतमा राख्न आदेश दिएको छ ।

chunamaniमंगलबार न्यायाधीशहरू केदारप्रसाद चालिसे, दिपकराज जोशी, शारदाप्रसाद घिमिरे, दिपक कुमार कार्की, र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले उक्त आदेश दिएको हो ।

शर्माकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्चले यस्तो आदेश दिएको हो । शर्मा यसअघि कर फर्छ्यौट आयोगमार्फत कर मिनाहा दिइएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा थिए ।