इन्द्रेणी संवाददाता
दाङ, २८ जेठ
दाङका २१ जना गजलकारहरुको सयुक्त गजल संग्रह शुभारम्भको आज घोराहीमा समिक्षा गरीएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा गजल संग्रहको समिक्षा गर्दै साहित्यकार टीका बस्नेतले नेपाली गजल लेखनको ईतिहासमा कृतिले नयाँ आयाम थपेको बताउनु भएको छ ।

Nepali Gazalदाङमा जन्मेर धेरै जसो प्रबासमा रहेका गजलकारहरुले देश प्रतिको प्रेम, बैदेशिक रोजगारीमा रहदाका पीडा र अनुभुति, प्रेमप्रणय सम्बन्धी गजलहरुले कृतिलाई पठनिय बनाएको बताउनुभयो । राप्ती साहित्य परिषद दाङ शाखाका कार्यबाहक अध्यक्ष खेमराज मल्लको अध्यक्षता तथा परिषद केन्द्रका सल्लाहकार खेमराज शर्माको प्रमुख आतिथ्यता र परिषदका केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा राप्ती साहित्य परिषदका बरिष्ठ उपाध्यक्ष टीकाराम उदासीले पछिल्लो समयमा गजलहरु प्रसस्त लेखिने गरे पनि स्तरिय गजलहरु कम रहेको बताउनु भएको छ । कार्यक्रममा लेखक संघका अध्यक्ष खगराज न्यौपाने, प्रगतीशिल लेखक संघका केन्द्रिय सदस्य प्रमोद धिताल, सयुक्त गजल संग्रहका प्रधान सम्पादक छविलाल कोपिला लगाएतले बोल्नु भएको थियो ।

परिषद दाङ शाखाका नगेन्द्र गुरुको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण परिषद दाङ शाखाकी सहसचिब जमुना धितालले गर्नुभएको थियो । परिषद्को नियमित पुस्तक समिक्षा कार्यक्रम अन्र्तगत अर्को श्रृंखलामा खेमराज शर्माको विरे उपन्यासको समिक्षा हुने परिषद दाङ शाखाका कार्यबाहक अध्यक्ष खेमराज मल्लले जानकारी दिनुभएको छ ।।