इन्द्रेणी संवाददाता
दाङ, २८ जेठ
दाङमा आज भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ  । घोराही तुलसीपुर सडक खण्डको विजौरीमा ट्रेक्टरले मोटरसाईकललाई ठक्कर दिँदा सल्यान स्थायी घर भई हाल सशस्त्र वेश क्याम्प भालुवाङ दाङमा कार्यरत शसस्त्र प्रहरीका हवलदार सञ्तोष वादी र उहाँकी श्रीमतीको मृत्यु भएको हो । accitent

राप्ती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. भोलाराम श्रेष्ठले उनीहरुको उपचारका क्रममा साढे ६ बजेतिर मृत्यु भएको हो । मृतक वादी पतिपत्नीको उमेर अन्दाजी २८ देखि ३० वर्षको छ । उनीहरुका अन्दाजी ८ वर्षीय छोरा गंभिर घाईते भएका छन् । उनको हाल राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

घोराहीवाट तुलसीपुर तर्फ आउँदै गरेको लु २ प ३२३८ नम्वरको ट्रेक्टरले तुलसीपुर बाट घोराही तर्फ जाँदै गरेको बादीको परिवार सवार रा २ प १५३८ नम्वरको मोटरसाईकललाई शनिवार साँझ ६ बजेरित विजौरी ५ विजौरीको वरालोमा ठक्कर दिएको थियो ।।