सुनसरी, १६ साउन । नेपाल विद्युत प्राधिकरण, दुहवी वितरण केन्द्रमा कार्यरत गोविन्द न्यौपानेलाई ३० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनी दुहवी वितरण केन्द्रको चौथो तहमा कार्यरत कर्मचारी हुन् ।

pakrauउनले नयाँ मिटर जडान गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ३० हजार घस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनकै कार्यक्षबाट सो रकमसहित आइतबार पक्राउ गरेको हो ।