काठमाडौं, १६ साउन । राजधानीको एक स्कलबाट अपहरणमा परेका बालक पाँच दिन पछि सकुसल भेटिएका छनु । अपहरणमा परेका ५ बर्षिय विशाल चौधरीलाई प्रहरीले ५ दिनपछि सकुशल उद्धार गरेपछि बालकका बाबु विजय चौधरीलाई वुझाएको छ ।

inddd

छोरो फेला परिपछि बुबा चौधरीले खुशीले रुँदै भने, ‘हामीले चिन्ताले गलेका थियौं। प्रहरी व्यापक परिचालन भयो। धन्यवाद पुलिस।’ क्षेत्रपाटीको सरस्वती बोर्डिङ स्कुलको गेटबाट एक अपरिचितले मोटरसाइकलमा राखेर लगेका ती बालकलाई प्रहरीले सोमबार बिहान काठमाडौंको काँडाघारीमा फेला पारेको प्रहरीले जानकारी दिएको थियो।

बालक फेला परेको जानकारी प्रहरीले विजयलाई फोन मार्फत दिएको थियो। उनले भने, ‘यहाँ मन्त्रीको छोरो अपहरण हुन्थ्यो भने कस्तो हुन्थ्यो, म सामान्य व्यक्तिको छोरो अपहरण हुँदा खास ध्यान दिइएन भन्ने लागेको थियो तर बच्चा फेला परेको छ, खुशी छु।’

उता प्रहरीले आफूहरुले यो घटनालाई गम्भिर रुपमा लिएको र जनताको सुरक्षा आफ्नो मुल कर्तव्य रहेको जनाएको छ। ‘हामीले बालको खोजी तिब्र पारेका थियौँ, अपहरणकारीले अब प्रहरीबाट बच्न सकिँदैन भनेर बालकलाई काँडाघारीमा छोडेर हिँडेछ’ काठमाडौंका प्रहरी प्रमु छविलाल जोशीले भने, ‘अपहरणमा संलग्न भएको आशंकामा केही व्यक्ति पक्राउ परेका छन्।’