खोटाङ १६ साउन । दश वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवक लाई प्रहरीले पक्राउ गरेको छ । बालिका सुतिरहेको अवस्थामा कोठामा गएर शुक्रबार साँझ बलात्कार गर्ने सोनामलाई बलात्कृत बालिकाकी आफन्तले दिएको उजुरीको आधारमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निबासी सोनाम राईलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवका अनुसार बालिका चिच्याइरहेको अवस्थामा आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गर्नासाथ उनलाई घरैबाट पक्राउ गरिएको हो । पक्राउ परेका राईविरुद्ध जबरजस्ती करणी महल अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जनाए ।

साँझ करिब आठ बजेतिर बलात्कृत भएकी बालिकाको यौनाङ्गबाट अहिले पनि निरन्तर रगत बगीरहेको उनका आफन्तले बताएका छन् । रातोपाटीमा खबर छ ।

बलात्कृत भएको समयमा उनी बेहोस अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगेर उपचार गराईएको थियो । बालिकाको जिल्ला अस्पताल खोटाङमा नै उपचार भइरहेको प्रहरीले बताएको छ । बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।