काठमाडौँ, २५ साउन । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन एकैपटक गर्न नमिल्ने बताएको छ।
आज आइतबार व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले कानुनी तथा व्यवस्थापकीय दुवै दृष्टिकोणबाट एकै पटकमा दुई तहको निर्वाचन गराउन नसक्ने बताए।
तर, पछिल्लो समय सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेले एकै पटकमा दुवै तहको निर्वाचन गराउँने बताउँदै आएका छन्।