गोविन्द खड्का
घोराही, १५ साउन । सुनचाँदी पसल भित्र ग्राहक अट्ने ठाउँमा शुक्रवार साँझ खचक्कै भरीएर टोलवासी जम्मा भए । घोराही १४ राधाकृष्ण टोलका उनिहरु उत्सुक र खुशि थिए । विकासका लागि जिताएका वडा अध्यक्षको स्वागत गर्न पाउदा उनिहरु खुशि भएका हुन् । आफ्ना समस्या पुरा गराउने उत्सुकता जागेको थियो ।
उनिहरु मध्य अधिकांश मन भित्र धेरै कुरा गुम्सीएर बसेका जस्तो लाग्थे । मनभित्रको कुण्ठा पोख्दै राजेन्द्र श्रेष्ठले भन्नुभयो ‘हामि भंगि हौ कि उनिहरु ? जम्मा गरेको फोहर पनि हामिलाई उठाउन लगाउछन् । उनिहरु गाडिमा बस्ने ठुला बडा भए, हामि पु¥याईदिने लेवर ?’ उहा“माथि अलि बढि रिस चढेको आक्रेसित चेहराले बताउथ्यो । ‘उहिले विहानै आएर आफै बढार्थे अहिले संकलन गरेको पनि लग्दैनन् ।’ यसरी श्रेष्ठ बोलिरहदा थपथाप पार्ने सहभागि पनि धेरै थिए ।
स्थानिय तहको चुनाव अघि आश्वासन पाएका मतदाता पुरा गराउने कसरथमा थिए । चुनाव अघिका आश्वासन विजयीपछि नेताले भुल्न सक्छन तर, मतदाता पुरा गर्न पर्खिरहेका हुन्छन् । उनिहरुका मागहरु जीत पछि तुरुन्तै सम्वोधन नहुन सक्छन् तर सुनिदिएपछि मात्रै मख्ख पर्ने रहेछन् । ‘रतनपुरे कुलो बुझियो । त्यसलाई ढल बनाईदिएर माथि बाटो बाटो बनाईदिए हुन्थ्यो ।’ शरद बुढाथोकिले भन्नुभयो, ‘माथितिरको पानी पनि त्यहि जान्छ । पानी पास हुने बनाउनु प¥यो ।’ बुढाथोकीको भनाईमा सहि थप्दै उनिहरुले केहिले शौचालयको त्यसैमा बगाउने गरेको, कतिले फोहोर फाल्ने ठाउको रुपमा प्रयोग गरेको लगाएतका व्यथिति भएको सुनाए ।
चुनाव अघि हातै तानेर शिरमा राखी आशिर्वाद माग्ने, जितेपछि कहि कतै देखा नपर्ने गलत राजनीतिक संस्कार छ । भेटहुदा खेरी हुन्छ हजुर, भैहाल्छ जस्ता शब्दले हलुका टिप्पनी गर्ने धेरै नेताहरु छन् । त्यसैवाट आजित जनताहरु नेताको विश्वास गर्दैनन् । तर पनि राज्य सन्चालन उनै नेताबा हुन्छ । उनिहरुको टोल क्षेत्रमा रहेको प्रमुख समस्या सडक बत्ती नबल्नु हो । पाचवटा पोलमा बत्ती रहे पनि बषौ देखि बल्दैन । टोलविकास संस्थका अध्यक्ष असद अलिका अनुसार पटक पटक अनुरोध गर्दा पनि नगरपालिकाले सुनेन । अन्धकारमा बस्न वाद्य पारेको छ ।
त्यसबाटै थाकेका अलि धेरै गाउलेहरुले भने पछि सुनुवाई हुन्छकि भन्ने मानसिकतामा पुगेको देखिन्थ्यो । जति चोटि नया मान्छे थपिन्थे उतिजनालाई अलिले भन्थे ‘आफ्ना आफ्ना समस्या के के छन् ? अध्यक्षज्यूलाई सुनाउनुस् ।’ विचमा वसेका अध्यक्ष शक्तिराम डागि कालो डाईरीमा उनिहरुका गुणासा नोट गरीरहेका थिए । फोहर बाहीर कतिवेला निकाल्ने, गल्ने नगल्ने हामिले कि नगरपालिकाले छुट्याउने, कसैले राती ल्याउछन् कतिले दिउसो ल्याएर बसाल्छन् केहिले अलि पर अरुका घर पसल अगाडि लगेर थुपुक्क बसाली दिन्छन् भनेर सुनाए । केहि बर्ष अघि देखि फोहरमा लोड सेडिङ कार्यक्रम ल्याएको नगरपालिकाले उपभोक्ताका घर घरै सम्म पुयाउन नसकेको बुझिन्थ्यो । जनप्रतिनिधि स्पष्ट पार्न टोलटोल पुग्नुपर्छ भन्ने देखाउथ्यो ।
पिपल वोट, गौतम नगर र अस्पताल टोलविकास संस्थामा २०७३ भदौ आठ गते देखि गाडि नआउदा सम्म बाहिर ननिकाल्ने नियम लागु भएको छ । त्यसै संग जोडिएको राधाकृष्ण टोलका थाहै छैन भन्न त सुहाउदैन्थ्यो । पत्र पत्रिका, भेला बैठकमा सहभागि नहुनेका लागि अनौठो भने होईन । गौतम नगर टोलविकास संस्थाका सल्लाहकार नरायाण भुषालले अनफ्ना अनुभुति सुनाउनु भयो । राति ११ बजे अनुगमन गर्दा फोहोर फाल्ने भेटाएर कार्वाहि गरेको सुनाउनुभयो । उहाले दोकानमा काम गर्ने, झाडु लाउने, हलो जोत्ने, लेबर काम गर्ने मान्छे खोजेरै नपाईने अबस्था रहेको सुनाउनुभयो । दाङ उद्येग वाणिज्य संघकाक उपाध्यक्ष भुषालले उनिहरुलाई सरसफाइ कर्मचारी भनेर सम्मान गर्न सके मात्रै काम लिन सकिने सुनाउनुभयो । हेपेर व्यवहार गरेमा ठिक्क पारेको फोहोर उठाएर डम्पिङ साईट लैजाने मान्छे समेत पाईदैन ।
लामो छलफल पछि टोलवासीले कुनै पनि फोहोरका टुक्रा बाहिर नफाल्ने, बटुवालाई पनि फाल्न नदिने, फाले उठाएर डस्टिविनमा हाल्न लगाउने, पोलका होडिङ वोर्ड हटाउने, सडक बत्ती मरमत गर्न वडाकार्यालयलाई अनुरोध गर्ने, सरद बुढाथोकिको घर बाट चमै सोता सम्म जोडने पुरानो बाटो स्तरोन्नतीका लागि माग गर्ने,कसैले सडकामा फोहर फाले पहिलो पटक सम्झाने, नमाने टोलले कार्वाहि गर्ने त्यसो गर्दा पनि अटेरी गरेर फोहोर जथाभावि फाले वडा कायालयमा सिफारीस गर्ने लगाएतका निर्णय टोलविकास संस्थाका सचिव प्रदिप पोख्रेलले लेख्नुभयो । सहमति जनाउदै सबैले हस्ताक्षर गरे । आफ्नो टोल आफै सफा राख्ने प्रतिवद्धता जनाए ।
उनिहरुका कुरा टिपोट गरीरहेकाक अध्यक्ष डागिले आफ्नोशहर बनाउन जागरुकताका लागि अपिल गर्नुभयो । आफ्नो जिम्मेवारी पुरा गर्ने टोलविकास संस्थाका अधिकारका लागि मरिमेट्ने डागिको भनाई थियो । विकास निर्माणका कुरा प्रकृया पुयाएर आउन सुझाव दिनुभएको छ । बत्ती मरमत एक दुई दिनमै गरीदिने विश्वास दिलाउनु भएको थियो । उनिहरुले मागेका खानेपानी, ढलनिकास लगाएतका संरचना बनाउन समय लाग्ने उहाको भनाई थियो । तपाईहरुलाई मोटामोटि चिन्छु कसरी चिन्छु भने सपै मेरा मतदाता हुनुहुन्छ । परिचय लम्बयाउनु परेन भन्दै सुरुगरेका डागिले फोहर गाडिमा फाल्न सहमत श्रेष्ठ संग दरिलो हात मिलाएर खुशि प्रकट गर्नुभयो । ‘सबैकुरा यहि सम्वोधन गरेर अहिलै खुशि बनाएर जान सक्दैन ।
तपाई जति लाग्नुभयो, जाग्नुभयो त्यति छिटो हुन्छ । म मात्रै लागेन हुदैन । प्रकृया पराएर लाग्नुस् । हुन्छ ।’ उहाले थप्नुभयो, ‘प्रकृया पुरा गरेर आउनुस् । कति पुरा हुन्छन् । थुप्रै योजना माग्ने कार्यन्वयन नहुने दाङको रोग छ । तपाईले छानेर पठाएका योजना हामिले समेट्ने छौ । त्यसलाई फ्रिज हुन नदिएर सम्पन्न गर्नुपर्छ ।’ अन्तमा आसाध्यै खुशि भएर विदा गरे । फोहर समाधान गर्ने उपाए सुने, आफना गुणासा सुनाए । उनिहरुको उत्साहले माग सुनिदिएकैमा मतदाता मख्ख हुनेरहेछन् भन्ने सन्देश दिन्थ्यो ।