काठमाडौं, १५ साउन। असार मसान्तभन्दा पछि दल दर्ता गरेर प्रदेश र संसदको चुनावमा भाग लिन नपाइने भएको छ । असार मसान्तभित्र आयोगमा दर्ता भएका दलहरुले मात्र प्रदेश र संसदको चुनावमा भाग लिने पाउने निर्वाचन आयोगले जनाएको छ ।

election officeआयोगमा दर्ता भएका दलहरुले पनि प्रदेश र संसदको चुनावका लागि फेरि दल दर्ता गर्ने पर्नेछ । निर्वाचन आयोगले सार्वजनिक सूचना निकालेर संविधानको धारा २७१ बमोजिम दल दर्ताको निवेदन भदौ ११ गतेभित्र दिन आहृवान गरेको छ ।