गोविन्द खड्का
घोराही,१५ साउन। चुरा, पोते र माला भनेपछि महिलाका गहना भनेर बुझिन्छ । मनकामना महिला विकास वचत तथा ऋण सहकारी संस्था लमहिका पदाधिकारीहरुका लागि भने यो विवेक प्रयोग गर्ने कलामा बदलिएको छ ।
फुर्सद भयो नै नयाँ डिजाईन तयार गर्ने काममा दिमाग लाउने गरेको सिमा चौधरीले जानकारी दिनुभयो । गत माघ देखि शुरुभएको चुरा पोते र मोतिमाला बनाउनेकामा चुानवले थोरै दिन स्थगित गर्न लगायो । त्यसपछिका दिनमा लगातार साधनामा जुटिरहेका छन् । उनिहरुले तयार गरेका चुरा, पोते, औठि, टप, मोतिमालाहरु आकर्षक र ग्राहकका मनजीत्ने बनेका छन् ।
बनाउन भ्याए सम्म विक्रीमा कुनै अफ्ठेरो नभएको उनिहरुले जानकारी दिए । बजारमा गएर मालाका डिजाईन हेर्ने र आधुनिकतामा बदल्ने काम उनिहरुको छ । कतिपय कुरा आफुले बनाउदै गर्दा नयाँ डिजाईन निश्कन्छ । ‘बनाउन भ्याएकै छैनौ’ पार्वति चौधरीले भन्नुभयो, ‘कच्चा पदार्थ ल्याउन पनि धौ छ ।’ उनिहरुका अनुसार घर व्यवहारको सबै जिम्मा पुरा गरेपछि मात्रै त्यसमा हात हाल्नुपर्छ । मेरो यो पेशा हो भनेर सबै छोडेर डिउटी गर्न पाएका छैनन् ।
उनिहरुका अनुसार जसले सिप सिकाए तिनि प्रशिक्षकहरुले कच्चा पदार्थ पाउने ठाउँ बताएनन् । प्रशिक्षकहरुमा देखिएको त्यो डरले भने उनिहरुलाई अच्चम्मीत पारेको छ । ‘ईण्डिया तिर पाईन्छ, काठमाण्डौ पाईन्छ भन्ने तर कता हो कता ?’ योगमाया शाहीले भन्नुभयो, ‘ढठयाक्कै नभन्दिने बाहिर बाट ल्याएको मात्रै भन्ने किन होला ?’ उनिहरुका अनुसार शुरुका दिनहरुमा साह्रै गाह्रो भयो । अहिले अनुभवले काठमाण्डौ बाट कच्चा पदार्थ ल्याउदा महंगो पर्ने देखाएको छ । भारत बाट खरीद गर्दा अलि सस्तोमा पाईने भएको छ । सबैले सिकौ, बनाउ भन्ने फराकीलो सोच नभएकाहरुले सिप र क्षमतालाई विस्तार हुन नदिएको गुणसो छ ।
उनिहरुले तयार गरेका सामाग्री वेच्न मेला महोत्सवमा स्टल राख्नु पर्ने माग गरेका छन् । बजारमा सर्टर खोल्ने क्षमता नभएकाहरुका लागि महंगो भाडामा स्टल राख्ने सम्भावना भने छदै छैन । महिला उद्यमी एवं कलाको प्रचारकै लागि विशेष दावि गर्ने सोच राखेका छन् । त्यसमा महिलालाई माथि उठाउने चिन्ता गरेकाले व्यवहारमा बदल्ने आट गर्नुपर्छ भन्ने माग छ । आकर्षक सुन्दर पहिरणका लागि उपयोग गर्ने सामाग्री बाट बाहिर पैसा जान बाट जोगिने र महिलाले रोजगार पाउने दुईवटा फाईदा छन् । आत्मनिर्भर बनाएर महिला हिंसा पनि न्युनिकरण गर्छ । उनिहरुको भनाई छ ।
यसरी घरमै बसी बसी कला देखाउने पेशामा सहकारी संस्थाले पचास हजार ऋण दिएको संस्थाका अध्यक्ष गोमा बस्नेतले जानकारी दिनुभयो । त्यस बाट कच्चा पदार्थ किन्ने र काम शुरु गर्न खर्च गरेका छन् । तयार गरेका सामाग्री बेच्ने त्यसबाट कच्चा पदार्थ खरीद गर्ने र बचेको संस्थालाई ऋण तिर्ने गरेका छन् । दश हजार जम्मा भयो नै संस्थामा तिर्ने गरेको महिलाहरुले जानकारी दिए ।
मोतिको रंगिन सामाग्री बनाउदा किरमिरे कामले आखा झिलमिल भई कमजोर बनाउने संका लागेको महिलाहरुले बताए । तर पनि तयारबनाई सकेपछि आफैलाई आनन्द आउछ । सकै कष्ट भुलाउछ । त्यसमा पनि ग्राहकहरुले राम्रो छ बलियो छ भनेर तारिफ गरेपछि खुशिको सिमै हुन्न । पछि जे सुकै होलाक अहिले सबै भन्दा राम्रो बनाउने हो भन्ने जोश आउ“छ ।
सबै ग्राहकले प्रसंसा मात्रै गर्दैनन् । यहिकाले बना त हो कस्तो पो होलार भनेर अबुमुल्यन गर्नेहरु पनि छन् । उनिहरुलाई बजारको माला संग भिडाएर पनि कन्भीन्स गरेको जानकारी दिए । उनिहरुका अनुसार लगाउनुस बजार भन्दा सुन्दरतामा कम र टिकाउ थोरै भए जिम्मा लिन्छौ भनेर ठुकुवा गर्ने आट छ । त्यस प्रकृयामा पनि आफुहरुले सफलता हासिल गरेको बताए । त्यहि जीतले लमहि बजारमा सर्टर लिएर बस्ने हौसला दिएको छ । योगमाया, पार्वति, सिमा र गोमा मिलेर काम थालेका छन् । गतिलो र सम्मानजनक पेशामा बदल्ने दृढ अठोट रहेको बताए ।
