एजेन्सी, १५ साउन । त्यहाँको सर्वाेच्च अदालतले नवाज सरिफलाई भ्रष्टाचार ठहर गरेपछि उनले राजीनामा दिए । त्यसपछि पाकिस्तानमा साहिद खकान अब्बासी अन्तरिम प्रधानमन्त्रीको रूपमा चयन भएका छन् ।
पाकिस्तानको सत्तारूढ पाकिस्तान मुस्लिम लिग (नवाज) ले उनलाई अन्तरिम प्रधानमन्त्रीमा चयन गरेको हो । उनलाई शनिबार भएको पाकिस्तान मुस्लिम लिगको बैठकले अब्बासीको नाममा सहमति जुटाएको हो । उनी नवाज सरिफको सरकारमा पेट्रोलियममन्त्रीसमेत भइसकेका व्यक्ति हुन् ।