केशरमान बिसी
नेपाली साहित्य आकासको बिराट फाँटमा चम्किने असंख्य ताराहरु छन् ती मध्ये सबै ध्रुव तारा नै बन्न सक्छन् भन्ने छैन । कसैको पनि साहित्य यात्रा सोचेजस्तो सहज हुँदैन । अनि साहित्य सृजना त्यति सजिलो पनि हुदैन । ता कि, जो कोहि साहित्यमा सगरमाथा चढ्न सकोस । साहित्यमा अक्षर मात्र थुपारेर हुँदैन यसले त एक वाक्यमा मानव जीवन बोकेको हुनुपर्दछ।समाज अङगालेको हुनुपर्छ ।त्यसैले भनिन्छ साहित्य सृजना गर्नुभन्दा सजिलो फलामका चिउरा चपाउनु छ ।

tara

खुकुरीको छरछराउदो धारमा हिड्नु छ । साहित्य सृजना गर्न त ठुलो त्याग तपस्या र मेहनेत चाहिन्छ।अध्ययन र चिन्तन चाहिन्छ। यस्तै त्याग तपस्या र मेहनेताकी प्रतिमुर्ती हुन् साहित्यकार तारा पराजुली ।

20464497_896446453842888_707324916_nनेपाली बाङ्गमय क्षेत्रका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो नाम अंकित गर्न सफल युवा प्रतिभा हुन्– कवी तारा पराजुली ।नेपालको दुर पहाड भोजपुरको साङपाङमा जन्मिएर बन पाखामा गोठालो जाँदा जामाभरि गुच्छा,पाङ्ग्रा र बल्ड्याङ्ग्रा खेलाउँदै चिसापानी खोलाको तिरैतिर छड्के झोलामा अमला,एसेलु, डुम्री र डम्फर भरेर साथीहरुसँग रमणीय उफ्रदै घरी रुँदै हाँस्दै गर्दै हार्पा र नखुवा खोलाको सुसाइ सुनेर बाल्यकाल बिताउँदै गर्दा उनीसँग उहीँ बेला ठूल्ठूला सपना थिए।ठूलो भएर यो देशको सेवा गर्छु सामाजिक मान्छे बन्छु भनेर उसबेला देखि नै असङ्ख्य मनोकाङ्क्षा थिए ।

छिमेकी खोलाका छालहरु बगेसरी उनका रहर र सपना पनि अग्लिंदै गए।समय बितेको पत्तै नपाई भोजपुरकी चेली तारा अहिले देशकै सतिसाल भइसकेकी छिन् । स्कुले जीवनमा पढाइमा मध्यम प्रतिभाना अब्बल तारा बिद्यालय स्तरिय विभिन्न कार्यक्रममा सधै प्रथम दितिय भएर झोलाभरी पुरस्कार लिएर घरमा आँउथिन । आफ्नो घर आँगनबाटै देखिने अटल मकालु हिमालले ताराको कोमल मन झनै नौनी चुलबुल हुन्थ्यो र कविता कोर्थिन कलिला हातहरुले । नागबेली आकारमा बग्ने मनमोहक अरुण नदीले उनको मुटु चोर्थ्यो र उनि कविता कोर्थिन । घर वरपर देखिने चुरे पहाड रुपी ऐनामा शब्द देख्थिन र उनि कबिता लेख्थिन ।त्यही पहाडी प्रकृति उनको जीवनमा नमेटिने जीवनको ग्यालरी बनेर सेभ भयो।मन हर्ने पहाड हरियाली गाउँ मनकारी छिमेकीहरु यिनै कविताका स्रोत बने ताराका। बिगतको सम्झना गर्दा हर्षका आँसु गहभरि लिएर तारा भन्छिन – मैले १२ कक्षा पढ्दा एकैदिन १७ वटा पुरस्कार र स्कललरसिप पाएको पैसा लिएर घर आउँदा मेरी आमा कम्ति खुसि हुनुभएन।मैले पहिलो पटक खुशीले आमा बेस्सरी रुनुभएको देखें अनि।थाहा भयो,आमाबुबालाई खुशी बनाउन सन्तानले असल काम गर्नु पर्ने रहेछ।अनि मैले बाआमालाई खुसि बनाउन अझै प्रगति गर्नुपर्छ भन्ने अठोट लिएं। तारा थप्छिन।

20526467_896446417176225_2041665078_n

आफ्नो शैशवकाल भोजपुरको न्यानो काखमा बिताएर किशोर अबस्था मोरङ झरेकी ताराको साहित्य यात्रा सहर छिरेपछि झनै झांगियो । कलेजको राजनीतिलाई उठाउन सहयोग गरिन् । पढाईका अतिरिक्त सङ्घ संस्थामा आवद्ध भएर काम गर्न थालिन् ।उनले बिभिन्न प्रकारका कविता प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गर्न थालिन । आफ्नो प्रगतिमा खुसि हुदै तारा भन्छिन । पुर्वान्चल स्तरिय कबिता प्रतियोगितामा प्रथम पुरस्कार , कोशी अन्चल स्तरिय कबितामा प्रतियोगितामा प्रथम पुरस्कार, कवि कृष्ण भुषण बल संस्थापक रहेको बाणी प्रकासनबाट भारि सम्मान , संस्कृती तथा पर्यटन मन्त्रालय ले आयोजना गरेको कबिता प्रतियोगीतामा प्रथम पुरष्कार , भारतीय साहित्यिक संस्थाबाट प्रगतिशिल साहित्यमा योगदान गरेबापत प्रेमचन्द अवार्ड लगाएतका झन्डै २ दर्जन बढि पुरष्कार र सम्मान उनका अमुल्य सम्पत्ती हुन् ।

20472238_896005727220294_829901443_nत्यसो त ताराले कबिता मात्र कोरिनन उनले कोरिन सोषित पीडित जनताको आवाज बोल्ने दर्जनौं गीत । उनले लेखेका करिब दर्जन बढी प्रगति वादी गित रेकर्ड भैसकेका छन् । बहुमुखी प्रतिभाकी धनि तारा पराजुली साहित्य रचना र पढाइमा मात्र सिमित रहिनिन देशमा युद्ध चरम उत्कर्षमा पुगेकाबेला राजनीतिक बुझेकी ताराले अँध्यारा कोठामा हुने साना बैठक सम्मेलनमाबाट आफ्ना बेजोड तर्कहरु राख्न थालिन । जननेता मदन भण्डारी उनको राजनीतिक यात्राका प्रेरक पात्र हुन् रे । राजनीतिक सुरुवातीमा मदन भण्डारीको मृत्युको खबर सुन्दा डाँको छोडेर रोएको उनलाई हिजै जस्तो लाग्छ । आफ्नो जन्मथलोप्रति अगाध माया राख्ने तारा जुन ठाउँमा गए पनि राष्ट्र र राष्ट्रियता र जन्मभूमिको उच्च सम्मान गर्दै आस्थाको राजनीति गर्दा कहिँ कसैले नरोक्ने बताउँछिन् ।

20472040_896446500509550_676207673_nसाहित्य सृजना का साथ साथै युवा राजनीतिमा क्रियाशील रहँदा मायाँ प्रेम र बिबाह नै भुलेकी ताराले परिवारको रोजाइमा अमेरिका बस्ने प्रेमसंग यसै साल मागी बिबाह गरिन तर उनि चाहि अमेरिका उडेनिन उड्ने सोचमा पनि छैनन् । आफ्नो नाबी गाडेको मातृभूमिकोआघात माया गर्ने ताराले आफ्ना पति प्रेमलाई रिझाइन र उडिनिन अमेरिका । आफ्नै जन्मभुमीमा बसेर राजनीति र साहित्य सृजनामा क्रियाशील तारा लाई भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा एमाले ले उनलाई मोरङको बेलबारी नगरपालिकाको उपमेयरको टिकट दियो र पार्टीको निर्देशनमा उनि चुनाव लडिन । अब्बल नेतृत्व क्षमता र प्रखर बक्ता भएकै कारणले उनले चुनाव पनि जितिन साहित्यमा अब्बल ताराले राजनीतिमा समेत ए प्लस ल्याइन अर्थात ५७ जना उमेदवार रहेका उनको टीममा सबै भन्दा बढी मत ताराको पोल्टामा पर्यो।मलाई जनताके जुन ढंगले विश्वास गर्नु भएको छ।जुन विश्वासलाई सम्मान गर्ने गरि काम गर्नु छ। ताराले भनिन् ।

त्रिवि बाट स्नातकोत्तर गरेकी ताराको राजनीतिक र साहित्य क्षेत्रबाट चरमचुलीमा पुग्नु जीवनको अभिष्ट हो । लक्ष्मी र सरस्वती दुबैले साथ दिएकी नेपाली साहित्य र राजनीतिक क्षेत्रमा चर्चित युवा नेत्री तारा को आगामी यात्रा सफल बनोस शुभकामना ।