इन्द्रेणी संवाददाता
सल्यान, २८ जेठ
सल्यानको पर्यटकिय स्थल कुपिण्डे तालको विकास र संरक्षणका लागी सम्भावनाको खोजी गरिने भएको छ । कुपिण्डेताल लगायत अन्य जिल्लाका तालहरुको संरक्षण र विकासका लागि अध्ययन तथा अनुसन्धान अगाडी वढाईको छ ।kupindeत्यसका लागी लागि विज्ञहरुको टोलीले गरेको तालको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको छ ।

ताल संरक्षणका लागि आगामी दिनहरुमा प्रतिवेदनकै आधारमा ताल संरक्षण गुरुयोजना वनाउने जिल्ला निमित्त स्थानीय विकास अधिकारी निम वहादुर ओलीले जानकारी दिनुभयो ।

यसअघि तालको वारेमा अध्ययन गरिएपनि आधिकारिता नभएको र अहिलेको अध्ययनबाट धेरै कुरा आएकोले त्यसको विकासका लागि जिल्ला विकासले गुरुयोजना वनाइ कार्यान्वयन गर्नेछ ।

कुपिन्डे ताल ३४ मिटर गहिरो भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । शे फोक्सुण्डो मिडिया प्रालिले करिव २ महिना अध्ययन गरेको थियो । ताल सम्वन्धी तथ्याङ्क व्यवस्थापिका संसद अर्थ समितिका सभासद प्रकाश ज्वालाले सार्वजनिक गर्नुभएको हो । प्रतिवेदन अनुसार ताल २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

यस्तै कुपिण्डेतालको लम्वाई ८ सय ३४ मिटर र चौडाइ ५ सय ३८ मिटर चौडाइ रहेको छ । समुन्द्र सतह देखि ११ सय २० मिटर उचाइमा रहेको तालमा हाल ५४ लाख ८२ हजार ५ सय ७४ घनमिटर पानी रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्लाको प्रमुख आर्कषणको रुपमा रहेको तालको संरक्षण तथा विकासका लागि सार्वजनिक गरिएको नयाँ तथ्याङ्कले थप सहयोग पुग्ने अपेक्षा छ ।।