इन्द्रेणी संवाददाता
चितवन, २८ जेठ
चितवननको माडीमा गोरु काटेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।goru

राष्टिय जनावर गाई प्रजातिको गोरु काटेको आरोपमा माडी(३ की सुनिता नेपाली, माडी(४ को १६ बर्षका सागर नेपाली, सोही ठाउँका १९ बषिर्य शिव नेपाली, माडी(४ का २५ बर्षका जिवन नेपाली र माडीकै ४५ बर्षकी कोपिला नेपाली पक्राउ परेका हुन ।

चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक बसन्तबहादुर कुँवरले माडीको चितापुल नजिकै सिसौ घारीमा काटेर फ्याँकेको गोरु फेला परेको जानकारी दिनुभयो । अनुसन्धानका क्रममा गोरु काट्ने कार्यमा उनीहरु संलग्न रहेको अनुसन्धानबाट खुलेसँगै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अहिले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पु¥याईएको छ । पक्राउ परेकाहरुलाई गौ वध ऐन अन्तरगत मुद्धा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गोरुलाई रटेर रगत र दुई फिला लागेको प्रहरीले जनाएको छ ।।